News Portal

  • राप्रपाका युवा नेता लिङ्देनको अध्यक्षमा उम्मेदवारी घोषणा

    हिमालीसंचार संवाददाता
    २७९ पटक

    किरण दहाल, काठमाडौं। मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डपमा हुने राप्रपाको महाधिवेशनमा मुख्य नीतिमा एकरूपता भएपनि नेतृत्वका लागि चारपक्षीय भिडन्तको सम्भावना बढेको छ। पार्टीका युवा नेता राजेन्द्र लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेपछि राप्रपामा चारपक्षीय भिडन्तको सम्भावना बढेको हो।

    यसअघि अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले पनि अध्यक्षमा उम्मेवारी दिने बताइसकेका छन्। संघीय संसद्मा राप्रपाका एक मात्रै सांसद लिङ्देनले बिहीबार पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन्। ०७६ फागुनमा राप्रपा र राप्रपा (संयुक्त)बीच एकता भएपछि थापा, राणा र लोहनी पार्टी अध्यक्ष रहँदै आएका थिए। तर, झन्डै दुई वर्षपछि हुन लागेको महाधिवेशनमा तीनै नेतालाई चुनौती दिँदै लिङ्देनले अध्यक्षमा उम्मेदवारीको घोषणा गरेका हुन्। नयाँ नेतृत्वबाट राप्रपालाई अघि बढाउन आफूले उम्मेदवारी दिएको उनको भनाइ छ।

    ‘साथीहरूले सल्लाह गरेर, खासगरी नेता धवलशमशेर राणाले मलाई प्रस्ताव गर्नुभएको छ, म यसलाई सहर्ष स्वीकार गर्दै आगामी १५, १६ र १७ गते जुन महाधिवेशन हुँदैछ, त्यसमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट नेतृत्व परिवर्तन हुनुपर्छ,’ उम्मेदवारी घोषणा कार्यक्रममा लिङ्देनले भने, ‘नयाँ नेतृत्वबाटै राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि जानुपर्छ भन्ने हाम्रा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको समेत भावनालाई स्वीकार गर्दै आफू उम्मेदवार बन्न तयार रहेको घोषणा गर्दछु।’

    कांग्रेस, एमाले र माओवादीका युवा नेताले आँट नगरे पनि राप्रपाले नेतृत्व परिवर्तन गर्ने उनको भनाइ थियो। ‘अब पार्टीमा नेतृत्व परिवर्तन मात्र हुँदैन। पार्टीमा रहेका गुटगत परम्पराको अन्त्य हुन्छ। राप्रपामा आएको परिवर्तन अन्य पार्टीका लागि पनि सन्देश हुन्छ।

    किनभने कांग्रेस, एमाले र माओवादीका युवा नेताहरूले आँट गर्न सक्नुभएन,’ उनले भने, ‘नेतृत्व परिवर्तनको धक्कु लगाएर आफ्नो पद मात्र सुरक्षित गर्नुभएको छ। राप्रपाले नेतृत्व परिवर्तन गरेर उदाहरण दिँदैछ।’ अर्कातिर पार्टी महामन्त्रीमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा उठ्ने तयारीमा छन्। लिङ्देन र राणा प्यानल बनाएरै अघि बढ्नेछन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    “माथिल्लो कमाण्डको आदेशमै सबै काम भएको हो” — डीएसपी तिवारी

    काठमाडौं, कात्तिक २१ – भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा संसद भवन परिसरमा...

    विप्लव, जनार्दन र घनश्यामबीच नयाँ राजनीतिक सहकार्यको संकेत, संयुक्त विज्ञप्ति आउँदै

    काठमाडौं, कात्तिक २१ – देशको राजनीतिक अनिश्चितता अन्त्य गर्ने उद्देश्यसहित माओवादी नेता नेत्रविक्रम चन्द ‘विप्लव’, पूर्वमन्त्री...

    आज २०८२ साल कार्तिक २१ गतेको राशिफल

    आज कार्तिक २१, २०८२ (नोभेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    पोखरा सहकारी हिनामिना प्रकरणः प्रहरीको बचतकर्तालाई मंसिर २ भित्र जाहेरी दिन आग्रह

    कास्की, कार्तिक २० – पोखरा बचत तथा ऋण सहकारी संस्थामा भएको करिब ८९ करोड रुपैयाँ...

    चितवन बैठकअघि मनिष झाले भने– ‘बाबुराम र जनार्दनले रास्वपाको नेतृत्व लिने इच्छा देखाएका छन्’

    चितवन, कार्तिक २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक भोलिदेखि चितवनको सौराहामा सुरु हुँदैछ। तीन...