News Portal

सौराहामा रारारात “हुन्छ”,”हुन्न”को चिट्करो वितरण, विपक्षमा भोट दिनेलाई कार्वाहीको संकेत

हिमालीसंचार संवाददाता
३२८ पटक

चितवन – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान पार्टी महाधिवशेनस्थल पुगेर आफ्नो नाममा रेजा लगाएका छन् । उनले बिहान ४ बजेबाट शुरु भएको मतदानमा उनी सहभागी भएका हुन् ।

उनले कुनै पनि हालतमा मतदान गर्न नहुने अडान लिँदै आएका ओलीले आफूलगायत अस्ति राती वाचन गरेका नाममा समेत चिन्ह लगाएका छन् । उनले झण्डै १० मीनेटमा मतदान सकेर उनी बसेका होटल फर्केका छन् ।

तर,त्यसअघि नै बिहानको झिसमिसेमा संस्थापन पक्षले भीम रावल, घनश्याम भुसाल र भीम आचार्यलाई भोट नदिऔं भन्दै लेखिएको ‘नेगेटिभ लिस्ट’ को मुठो वितरण गरिएको थियो । प्यानल उठाउन नपाइने पार्टीको घोषित नीति विपरित अध्यक्षले सार्वजनिक गरेका पदाधिकारी र केन्द्रीय सदस्यको सूचीसमेत अधिकांश प्रतिनिधिलाई नेगेटिभ लिस्टसँगै बाँडिएको छ ।

वितरण गरिएको लिस्टमा लेखिएको नामभन्दा बाहेकलाई भोट हालेको पाइएमा कारबाहीको संकेतसमेत गरिएको बताइन्छ । उपस्थित कतिपयलाई भोटिङ मेशिनबाट कसले कसलाई भोट हालेको भन्ने दृश्य थाहा पाइने भएकाले जिम्मेवार भएर भोट हाल्न लेखिएको म्यासेजसमेत प्रतिनिधिहरुले नै आदानप्रदान गरिरहेका छन् ।

चालु महाधिवेशनमा “कुनै पनि हालतमा मतदान गर्न नहुने अडान लिँदै आएका केपी ओलीले आफूलगायत अस्ति राती वाचन गरेका नाममा समेत चिन्ह लगाएका छन् । उनले झण्डै १० मीनेटमा मतदान सकेर उनी आफू बसेको होटल फर्केका हुन्।”

यता; रावल, भुसाल, भीम आचार्य र टंक कार्कीले भने मतदातासँग छुट्टाछुट्टै हात जोडेर भोट मागेको देखिन्छ। अहिले बिहान ८ बजेसम्ममा झण्डै १२ सय प्रतिनिधिले मतदान गरिसकेका छन् ।

यसअघि शनिबार बन्द सत्रको क्रममा लामो भाषण गर्दै अध्यक्ष ओलीले प्रतिनिधिहरुलाई उम्मेदवारी नदिन र प्रक्रिया नलम्ब्याउन घुमाउरो भाषामा निर्देशन दिएका थियो । ओलीले भूमिका बाँध्दै तीन दिने महाधिवेशनको निम्ति आइतबारसम्मको लागि होटल बुक गरिएकाले त्यसपछि बास नहुने चेतावनी समेत दिएका थिए। तर त्यसपछि पनि उनी लगायत सबैजसो प्रतिनिधिले दुई रात बढी बास बसेका छन् ।

“झिसमिसेमा संस्थापन पक्षले भीम रावल, घनश्याम भुसाल र भीम आचार्यलाई भोट नदिऔं भन्दै लेखिएको ‘नेगेटिभ लिस्ट’ को मुठो वितरण समेत गरेका छन् ।”

सोही क्रममा आश्वासन दिँदै उनले अरु जिम्मेवारी र अवसर पनि प्रशस्त रहेको उल्लेख गरेका थिए । पालिका, प्रदेश, संघलगायत राजकीय पदहरु प्रशस्त बाँकी रहेकाले अहिले नै मरिहत्ते नगर्न उनले आफ्नै क्याम्पका भनिएकाहरुलाई आश्वस्त तुल्याउने कोशिस समेत गरेका छन्। तर हिजोबाट उनको भनाई र लिस्टमा चित्त नबुझाएर अधिवेशनस्थल छाड्नेहरु रावल र भुसाल समर्थक होइनन् उनी निकटहरु नै बढी देखिएका छन् ।

पूर्वमन्त्री लालबाबु पण्डित संगठित सदस्यबाहेकको जिम्मेवारी नलिने भन्दै हिजै घरतिर लागेका छन् । नेतृ विन्दा पाण्डेले चर्को असन्तुष्टि पोखेका छन् । उता लीला रानामगर आइतबार राती रुँदै बन्दसत्रको हलबाट निस्केको स्वयम् अध्यक्ष ओलीले देखेका थिए । यसरी उनी निकट प्रतिनिधि समेत सौराह छाडेका छन् ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...