News Portal

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

१५९ पटक

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी चालकलाई विमानस्थलमा सेवा दिन १ महिनासम्म प्रतिबन्ध लगाइएको छ। यो कदम सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक भएको चालकहरूको विवादास्पद भिडियोपछि उठाइएको हो।

घटना पुस ३ गते भएको र पुस ४ गते निवेदन पेश भएपछि सुरक्षा गार्डको जाँचबुझले दोषी ठहर गरेका चालक र उनीहरूको ट्याक्सीलाई पुस ८ गतेदेखि लागू हुने गरी सेवा दिन रोक लगाइएको विमानस्थल प्रवक्ता यशोदा सुवेदीले जानकारी दिइन्।

अभियानका क्रममा सबै चालकलाई यात्रुसँग शालीन र मर्यादित व्यवहार गर्न निर्देशन दिइएको छ। नियम उल्लंघन भएमा कडा कानुनी कारबाही हुने चेतावनी पनि दिइएको छ।

साथै, विमानस्थलमा अनलाइन एपमार्फत सेवा दिने इन्ड्राइभर र पठाओजस्ता सवारी साधनलाई तोकिएको स्थानमा मात्र यात्रु पिक अप र ड्रप गर्न अनुमति दिइएको छ। ट्याक्सी चालकहरूले यस्ता सवारीमा कुनै अवरोध नगर्नुपर्ने व्यवस्था गरिएको छ।

विमानस्थलको पहुँच मार्गमा सवारी रोक्दा दुर्घटना हुने जोखिम बढ्ने भएकाले त्यहाँ यात्रु वा आफन्तको पर्खाइमा सवारी नरोक्न सबैलाई सचेत गराइएको छ। उल्लंघन भए कानुनअनुसार कारबाही गरिने जनाएको छ।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...