News Portal

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

२८५ पटक

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सी प्रालिका सञ्चालक सूर्यबहादुर डाँगी पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका–१० पुरानो बानेश्वरमा बसोबास गर्दै आएका उदयपुर त्रियुगा नगरपालिका–६ जलजले घर भएका ३५ वर्षीय डाँगीलाई प्रहरीले लैनचौर क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

हिमाली संचार संवाददाताका अनुसार डाँगीले अमेरिका, क्यानडा, अस्ट्रेलिया र युकेलगायतका देशमा अध्ययनका लागि पठाइदिने आश्वासन दिँदै कलेज शुल्क, इन्सुरेन्स लगायतका खर्च डलर कार्डमार्फत तिर्दा छिटो हुने भन्दै आफ्नै कम्पनीको बैंक खातामा रकम जम्मा गर्न लगाएका थिए। तर, विदेश नपठाई विभिन्न बहानामा पीडितहरूलाई झुक्याउँदै उनले २६ लाख ८ हजार ५ सय ६५ रुपैयाँ ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ।

पीडितहरूको उजुरीपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। डाँगीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...