News Portal

बिहान छिटो उठ्दा स्वास्थ्यमा हुन्छ यस्तो महत्वपूर्ण फाइदा

हिमालीसंचार संवाददाता
३८० पटक

तपाईं बिहान कतिबजे उठ्नुहुन्छ ? ४ बजे, ५ बजे वा ७–८ बजे ? यो समय आ–आफ्नै हुन्छ। कहिले सुत्ने र कहिले उठ्ने त्यो कुनै खास निमय त छैन। तर, मानिसको जीवनमा सुत्ने र उठ्ने दिनचर्या खराब हुँदा समस्याहरू पनि पैदा हुन्छ।

हामी सुत्ने र उठ्ने समय निमल्दा मानसिक रोग, मोटोपना, आलस्यता र हृदयघातसम्बन्धि समस्या हुनसक्छ। यसबाट बच्नका लागि समयमै सुत्नुपर्ने र समयमै उठ्नु पर्ने चिकित्सक सुझाउँछन्।

निन्द्राको कमी, व्यायामको अभाव, सधैं घरभित्र रहनु, धेरै समय अँध्यारोमा बिताउनाले मानसिक रोग देखिन सक्छ। आज हामीले बिहान छिट्दै उठ्दा स्वास्थ्यमा कस्तो फाइदा हुन्छ ? जानकारी गराउँदै छौँ।

– बिहान छिटो उठ्दा तपाईंले सबैभन्दा शुद्ध हावा पाउनुहुन्छ जसले तपाईंको फोक्सो मुटुलाई स्वास्थ्य रहनबाट सहयोग गर्छ। शुद्ध अक्सिजन शरीरलाई स्वास्थ्य राख्नका लागि अति आवश्यक हुन्छ।

– जो मान्छे बिहान छिटो उठेर व्यायाम गर्छ उनीहरुलाई हृदयघात रोगको सम्भावना निकै कम जोखिम हुन्छ।

– बिहान छिटो उठ्नाले डिप्रेशनको समस्या हुनबाट बचाउँछ। सम्पूर्ण दिन ताजा महसुस हुन्छ।

– ब्लडप्रेसरको समस्या निम्तिदैन वा कम हुन्छ।

  • यदि तपाईं बिहान उठेर पढ्नुहुन्छ हुन्छ भने बिहानको पढाइले तपाईंलाई धेरै चिज छिटो याद लिन सहयोग गर्छ।
  • बिहानको समयमा तपाईंले पढाइलाई सक्नुभयो भने अन्य आफ्ना रुचिका विषयलाई पनि समय दिन सक्नुहुन्छ।

(मुटुरोग विशेषज्ञ प्रेमराज वैद्यसँग बिएल नेपाली सेवाकर्मी मिनु गोलेले गरेको कुराकानीको आधारमा तयार पारिएको सामग्री)

प्रतिकृया दिनुहोस्

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...