News Portal

  • सर्वोच्चको आदेशपछि एनआरएनएमा खैलाबैला

    हिमालीसंचार संवाददाता
    २७५ पटक

    काठमाडौँ – सर्वोच्च अदालतले समानान्तर  गैरआवासीय नेपाली सङ्घ  दर्ता गर्न बाटो खुला गरिदिएसँगै सो संस्थामा हल्लीखल्ली मच्चिएको छ ।एनआरएनए पूर्व उपाध्यक्ष सोनाम लामाको रिट निवेदनका आधारमा सर्वोच्चले समानान्तर संस्था दर्ता गर्न आदेश दिएसँगै हल्लीखल्ली मच्चिएको हो ।

    विश्वभर रहेका नेपालीहरूको साझा संस्थाको रूपमा रहेको एनआरएनए अब सर्वोच्चको आदेशसँगै छिन्नभिन्न हुने खतरा बढेको उनीहरूको चिन्ता छ ।  कतिपयले एनआरएनएभित्रको सिन्डिकेट प्रथा र बढ्दो राजनीतिको परिणामस्वरूप यस्तो अवस्था आइपुगेको पनि टिप्पणी गरेका छन् ।

    एनआरएनएका उपाध्यक्ष हेमराज शर्माले सर्वोच्चको फैसलाले एनआरएनएको भविष्यमाथि सङ्कट निम्त्याएको टिप्पणी गरेका छन् ।सघ

    गैरआवासीय नेपाली सम्बन्धी ऐनको दफा १६ र नियमावलीको दफा १२ मा कम्तीमा २५ देशमा बसोबास गर्ने ५० जना गैरआवासीय नेपालीहरूको निवेदन दिएमा सघ दर्ता गर्न सकिने व्यवस्था गरिएको उनको भनाइ छ । यसै दफालाई टेकेर एनआरएनका पूर्व उपाध्यक्ष लामाले एनआरएनए जस्तै संस्था दर्ता गर्न परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए ।

    सो निवेदनबारे मन्त्रालयले कुनै जवाफ नदिएपछि लामाले सर्वोच्च पुगेका उल्लेख गर्दै शर्माले भनेका छन्, ‘ऐनमा नै एक भन्दा बढी एनआरएनए जस्ता संस्था दर्ता  गर्न पाउने खालको भाव भएकोले कुनै न कुनै बेला अर्को संस्था दर्ता हुनेछ भन्ने आशङ्का पहिले नै थियो । त्यो समय अहिले आएको मात्र हो ।’

    सर्वोच्चको फैसलाले लामाको संस्था मात्र  नभई अब एनआरएनए बागलुङ समाज, एनआरएनए गुल्मी समाज, कांग्रेस एनआरएनए, एमाले एनआरएनए, माओवादी एनआरएनए जस्ता संस्था खोल्ने पनि बाटो खुलेको उनको भनाइ छ।

    ‘हालका परराष्ट्र मन्त्री विदेशमा खोलेका सबै नेपाली संस्थाहरूसँग सहकार्य गर्न सकिने बिचार राख्नु हुन्छ भन्ने सुन्नमा आएको छ । सर्वोच्चको फैसलाले उहाँको बिचारलाई मलजल गरेको छ । के परराष्ट्रले यस्ता संस्थाहरूको नियमन गरेर बसिरहन सक्छ रु के एनआरएनए जस्ता संस्था परराष्ट्रमा नै दर्ता हुनु पर्छ ?’, उनको प्रश्न छ।

    गत चुनावमा परराष्ट्रले गरेको राजनीतिक हस्तक्षेप पछि एनआरएनए परराष्ट्र मन्त्रालयबाट झिक्नु पर्ने र विदेशमा दर्ता गरेर चलाउनु पर्ने धारणा  समेत आएको उनले स्मरण गरेका छन् । ‘गैरआवासीय नेपाली नागरिकताको व्यवस्था हुनु पूर्व परराष्ट्रमा दर्ता गर्नु पर्ने वाध्यात्मक परिस्थिति थियो । किनभने नेपालमा संस्था दर्ता गर्न नेपाली नागरिक हुनु पर्थ्यौ । विदेशी नागरिकता लिने एनआरएनको नेपाली नागरिकता कायम नरहने हुनाले एनआरएन कार्ड लिएर परराष्ट्रमा संस्था दर्ता गर्ने सकिने विशेष व्यवस्था गरिएको थियो ।

    उनको भनाइ छ, ‘अहिलेको संविधानले गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरेकोले यसै नागरिकताको आधारमा आम नेपाली सरह संस्था दर्ता गराउन सक्छन् । अतः अहिले संशोधन हुँदै गरेको गैरआवासीय नेपाली सम्बन्धी ऐनमा भएको परराष्ट्रमा सङ्घ दर्ता गर्न सकिने व्यवस्था खारेज गरिनु पर्छ वा एक मात्र एनआरएनले दर्ता गर्न सकिने व्यवस्था ऐनमा गरिनु पर्छ ।

    अहिले प्रस्तावित ऐनमा एक मात्र एनआरएनएको परिकल्पना गरिएको र यसलाई हटाउन तत्कालीन (हालका पनि) सत्तारुढ दलका नेताहरू नै लागेको उनको दाबी छ । लामाले गत एनआरएनएको निर्वाचनलगत्तै यूएनडीओ गठन गरेर दर्ताका लागि परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए । तर परराष्ट्रले दर्ता गर्न नमानेपछि उनी अदालत पुगेका थिए ।

    न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासको आदेश  अनुरूप युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन  दर्ता गरेर अघि बढ्ने लामाको तयारी छ।

     

    प्रतिकृया दिनुहोस्

    इलाम-२ उपनिर्वाचन ताजा मतगणनाको मतपरिणाम सार्वजनिक एमालेले लियो अग्रता

    बैशाख -१६, आइतबार/इलाम – इलाम-२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिकाको वडा नं. १, २,...

    मटिहानीका अग्नि पीडितहरुलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा सहयोग

    बैशाख-१५, आइतबार/मोरङ – महोत्तरी जिल्ला मटिहानी नगरपालिका वडा नं ६, जलहरवामा ६ गते भएको आगलागीबाट...

    नियमित मर्निङ वाकले मोटोपना, हृदयरोग जस्ता रोगबाट बचाउँछ

    काठमाडौं। बिहानको ताजा हावामा हिँड्नु भएको छ ? बिहानै उठ्न सबैलाई कष्टकर लाग्छ तर बिहानको...

    आज बैशाख-१६ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १६ गते आइतबार इश्वी सन २०२४ अप्रिल २८...

    गोरखापत्रकर्मी राईलाई धरान खेलकूद मञ्चद्वारा ‘मिडिया अवार्ड’ प्रदान

    बैशाख-१५, शनिबार/धरान – गोरखापत्रकर्मी पत्रकार निशा राईलाई धरान खेलकुद मञ्चद्वारा “मिडिया अवार्ड २०८०” प्रदान गरिएको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal