News Portal

दैलेखमा १३ वर्षीय बालिकामाथि सामूहिक बलात्कारको सनसनीपूर्ण घटना, दुई जना पक्राउ

३६६ पटक

दैलेख, साउन २५ – पश्चिम दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८, माथिल्लो खाडामा बिहीबार साँझ १३ वर्षीया बालिका सामूहिक बलात्कारको पीडामा परेकी छन्। ती बालिका तीजको कार्यक्रममा सहभागी भएर घर फर्कंदै थिइन्, तर बाटोमा दुई युवकले उनलाई र उनका साथीहरूलाई जबरजस्ती रोक्ने प्रयास गरे।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार, घटना घटाउने युवकहरू सोही नगरपालिकाका २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारी हुन्। अँध्यारोमा दौडिँदै बालिकालाई पछ्याउँदै उनीहरूले ढुङ्गा प्रहार गरे, जसले बालिकाको दाहिने पाखुरामा चोट पुर्‍यायो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलासा भएको छ कि, बालिका घाइते भई पछि परेपछि आरोपीहरूले उनलाई एकान्तमा लगेर जबरजस्ती करणी गरेका छन्। घटना बालिकाका अन्य साथीहरूले घरमा जानकारी दिएपछि थाहा भयो। पीडित बालिकाका आमाबुबा रोजगारीका सिलसिलामा भारतमा छन्।

स्थानीयवासीले बालिकालाई बेहोस अवस्थामा फेला पारेका थिए र तत्कालै हतार–हतारमा बोलेरो गाडीमा राखेर दैलेख अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा पुर्‍याइएको थियो। अस्पतालका चिकित्सकहरूले बालिकाको दाहिने हात मर्केको र गुप्ताङ्गमा गहिरो चोट र रक्तश्राव भएको पुष्टि गरेका छन्।

घटना उजागर भएपछि पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन्। जिल्ला प्रहरी कार्यालयले दुवै आरोपीलाई पक्राउ गरी हिरासतमा राखेको छ भने अनुसन्धानका लागि अदालतबाट म्याद थप गरिएको छ।

जिल्ला प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ र पीडित बालिकाको सुरक्षा तथा उपचारमा उच्च प्राथमिकता दिइएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...