News Portal

सिस्नेरी सडक खण्ड ४८ घण्टादेखि अवरुद्ध, पहिरो पन्छाउने कार्य तीव्र

२२२ पटक

मकवानपुर, भदौ २ – राजधानीलाई छोटो दूरीमा जोड्ने भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डमा खसेको ठूलो पहिरोका कारण यातायात दुई दिनदेखि ठप्प भएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेस्थित भागमा शनिबार बिहान पहिरो खसेपछि प्रदेश सरकारले निर्माण गर्दै आएको सो सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

सडक अबरुद्ध भएपछि अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको छ। तर मुख्य सडक खोल्ने प्रयास लगातार भइरहे पनि आइतबार बेलुकाको वर्षाले फेरि पहिरो खसेपछि चुनौती थपिएको हो।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले जेसिबी, एक्स्काभेटर र लोडर गरी तीनवटा मेसिन परिचालन गरेर काम गरिरहेको छ। तर सडक साँघुरो भएको र माथिबाट ढुङ्गा–माटो झर्ने क्रम जारी रहेकाले कठिनाइ बढेको छ।

प्रदेश राजधानी पूर्वाधार विशेष आयोजना, हेटौँडाका प्रमुख देवनारायण यादवका अनुसार आइतबार दिनभर पहिरो पन्छाउने काम भए पनि बेलुकाको वर्षाले काम रोक्नुपरेको थियो। सोमबार बिहानदेखि फेरि सुरु गरिएको सो कामलाई साँझसम्म सम्पन्न गरी सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उनले जानकारी दिए।

हाल दुईतर्फबाट पहिरो हटाउने कार्य जारी छ। तर भू–भाग जोखिमपूर्ण भएकाले थप मेसिन परिचालन गर्न कठिन रहेको अधिकारीहरूको भनाइ छ।

सिस्नेरी सडकलाई प्रदेश सरकारले ‘राजधानी मार्ग’ नामाकरण गर्दै प्रादेशिक सडक गुरुयोजनाअन्तर्गत निर्माण गरिरहेको छ। यस सडकको काठमाडौँतर्फको केही अंश अझै कालोपत्रे हुन बाँकी छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...