News Portal

शिक्षामन्त्री पुनलाई पूर्वमन्त्री भट्टराईको ३० बुँदे सुझाव

३०८ पटक

काठमाडौं, असोज २४ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई पूर्वमन्त्री विद्या भट्टराईले शिक्षा सुधारका ३० बुँदे सुझाव पठाएकी छन्। मन्त्री पुनले फोनमार्फत आफ्ना कार्यकालमा भएका काम र योजनाबारे राय मागेपछि भट्टराईले तत्काल लागू गर्न सकिने नीति र सुधारका प्रस्तावहरू लेखेर पठाएकी हुन्।

भट्टराईले पठाएको सुझावपत्रमा विद्यालयदेखि विश्वविद्यालयसम्मका संरचनात्मक सुधार, पाठ्यक्रम संशोधन, शिक्षक सरुवा र बढुवा प्रणाली, निशुल्क शिक्षा ऐनको कार्यान्वयन, प्राविधिक शिक्षा विस्तार, र बाल विकास कार्यक्रमसम्बन्धी विषय समावेश छन्।

उनले अन्तर्राष्ट्रिय सम्बन्धन पाएका कलेजहरूको अनुगमन, सीटीईभीटीको गुणस्तर प्रत्यायन प्रणाली कार्यान्वयन, दरबन्दी पुनरावलोकन, त्रिवि र संस्कृत विश्वविद्यालयको जग्गा छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने जस्ता बुँदाहरूलाई प्राथमिकता दिएकी छन्।

त्यस्तै, सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्ने, वाल विकास सहयोगी र विद्यालय कर्मचारीको न्यूनतम तलब निर्धारण गर्ने, निजी विद्यालयले छात्रवृत्ति र सेवामूलक दायित्व पूरा गर्न बाध्य गर्ने, र विद्यालयमा बिजुली, पानी र इन्टरनेट निशुल्क गर्नुपर्ने भट्टराईको सुझावमा उल्लेख छ।

पूर्वमन्त्री भट्टराईले यी बुँदाहरू लागू गर्न सकिए शिक्षा क्षेत्रमा ठोस सुधारका लागि बलियो आधार तयार हुने विश्वास व्यक्त गरेकी छन्।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...