News Portal

  • दशैंपछि सेयर बजारमा ३ प्रतिशत गिरावट, नीतिगत सहजतापछि सुधारको आशा

    १९० पटक

    काठमाडौँ, असोज २४ – दशैं सकिएपछि खुलेको सेयर बजार यस साता कमजोर रह्यो। बजार सूचक ३.०४ प्रतिशतले घट्दै २५८२ अंकमा झरेको छ। गत साता बजार २६६३ अंकमा बन्द भएको थियो।

    यो साता मंगलबारदेखि मात्रै कारोबार सुरु भएकाले तीन दिन मात्र कारोबार भयो। मंगलबार बजार ५८.५५ अंकले घट्यो भने बुधबार फेरि ४५.३६ अंकले ओरालो लाग्यो। तर बुधबार राति नेपाल राष्ट्र बैंकले सेयर बजारसँग सम्बन्धित तीन नीतिगत निर्णय गरेपछि बिहीबार बजारमा २२.५९ अंकको सुधार देखियो।

    राष्ट्र बैंकका नीतिगत परिवर्तन

    राष्ट्र बैंकले सेयर कर्जामा लगाइएको २५ करोडको सीमा हटाएको छ। साथै, बैंक तथा वित्तीय संस्थाले सेयर खरिद गरेको एक वर्षभित्रै बिक्री गर्न नपाउने प्रावधान पनि खारेज गरिएको छ। अब ती संस्थाले चाहें छ महिनाभित्रै पनि सेयर वा डिबेन्चर बेच्न सक्नेछन्।

    होटल र अन्य समूहमा उच्च गिरावट

    यो साता सबैभन्दा बढी असर होटल तथा पर्यटन र अन्य समूहमा देखियो। होटल समूह ४.७९ प्रतिशत र अन्य समूह ५.७९ प्रतिशतले घटे। भदौ २४ गतेको जेनजी प्रदर्शनपछि पर्यटन व्यवसाय सुस्त देखिएकाले होटल क्षेत्र प्रभावित भएको बताइन्छ।

    त्यसैगरी, नेपाल पुनर्बीमा र हिमालयन रिकोका सेयर मूल्यमा आएको गिरावटका कारण अन्य समूहमा पनि ठूलो असर परेको हो। पुनर्बीमा कम्पनीमाथि क्षतिपूर्ति दाबीको दायित्व बढ्ने अनुमान गरिएको छ।

    कुन कम्पनी बढे र कुन घटे

    बैंक ब्याजदर घटेसँगै ऋणपत्रमा लगानीकर्ताको आकर्षण बढेको छ। एनआईसी एसिया ऋणपत्र ९.११ प्रतिशत, सेन्चुरी डिबेन्चर ७.८१ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड डिबेन्चर ७.६२ प्रतिशतले बढेका छन्।

    तर भूगोल इनर्जी, पन्चकन्या माइ हाइड्रो, युनिक नेपाल लघुवित्त र नेपाल पुनर्बीमाका सेयर मूल्य भने १० प्रतिशतसम्म घटेका छन्।

    आईपीओ र हकप्रद सेयरहरू

    हाल नयाँ आईपीओ खुलेको छैन। तर आइतबारदेखि श्रीनगर एग्रिटेक कम्पनीले सर्वसाधारणका लागि २५ लाखभन्दा बढी कित्ता सेयर निष्कासन गर्दैछ।

    त्यस्तै रिभरफल्स पावर, सिटी होटल र नारायणी डेभलपमेन्ट बैंकका हकप्रद सेयर पनि खुला छन्।

    बजार फर्कने संकेत

    राष्ट्र बैंकका निर्णयपछि बिहीबार बजारमा सुधार देखिए पनि लगानीकर्ता अझै सावधान छन्। पछिल्ला राजनीतिक घटनाक्रमले बजारमा अनिश्चितता बढाएको छ।

    सेयर लगानीकर्ता सुवासचन्द्र ढुंगानाले भने, “राजनीतिक माहोल सुधारिँदै गयो भने बजारमा पुनः विश्वास फर्कन सक्छ, तर अस्थिरता बढे बजार अझै कमजोर हुन सक्छ।”

    उनका अनुसार, “नीतिगत सहजता मात्र होइन, लगानीकर्ताको पूँजी र सुरक्षामा विश्वास जरुरी छ।”

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...

    पल शाहको ‘हामी छौं फाउन्डेसन’ सञ्चालन, दुर्गममा शिक्षा र स्वास्थ्य सहयोगको घोषणा

    काठमाडौं, मंसिर २१ – अभिनय र मोडलिङमा सक्रिय रहँदै आएका कलाकार पल शाह अब समाजसेवामा...