News Portal

  • टोखामा युवकको हत्या, दुई जना पक्राउ

    १२० पटक

    काठमाडौं, असोज २४ — काठमाडौं महानगरपालिका–२ टोखा चण्डेश्वरीमा बिहीबार राति भएको झगडामा एक युवकको ज्यान गएको छ। पाँचथर घर भई स्थानीय रूपमा बसोबास गर्दै आएका ४० वर्षीय राम लिम्बुको हत्या भएको प्रहरीले जनाएको छ।

    घटनामा संलग्न भएको आरोपमा उदयपुरका २७ वर्षीय गणेश लामा र सिन्धुलीका ४० वर्षीय खुप बहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रारम्भिक अनुसन्धान अनुसार विवादको क्रममा फलामको रडले प्रहार गर्दा लिम्बु गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

    हाल पक्राउ परेका दुवैजनामाथि प्रहरीले कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २४ गतेको राशिफल

    आज कार्तिक २४, २०८२ (नोभेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...