News Portal

टोखामा युवकको हत्या, दुई जना पक्राउ

२२४ पटक

काठमाडौं, असोज २४ — काठमाडौं महानगरपालिका–२ टोखा चण्डेश्वरीमा बिहीबार राति भएको झगडामा एक युवकको ज्यान गएको छ। पाँचथर घर भई स्थानीय रूपमा बसोबास गर्दै आएका ४० वर्षीय राम लिम्बुको हत्या भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भएको आरोपमा उदयपुरका २७ वर्षीय गणेश लामा र सिन्धुलीका ४० वर्षीय खुप बहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार विवादको क्रममा फलामको रडले प्रहार गर्दा लिम्बु गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

हाल पक्राउ परेका दुवैजनामाथि प्रहरीले कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको छ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...