News Portal

डा. दलिप मल्लद्वारा लिखित दुई पुस्तक विमोचन

हिमालीसंचार संवाददाता
३२२ पटक

काठमाडौं। डा.दलिप कुमार मल्लद्वारा लेखिएको दुई पुस्तक शनिबार विमोचन भएका छन्। पुस्तकको विमोचन कार्यक्रम कुण्डलिनी दरबार ब्याङ्क्विट चप्पल कारखाना चक्रपथमा भएको थियो।

विमोचन कार्यक्रममा प्रमुख अथिति कांग्रेस नेतृ डा.आरजु राणा देउवा, विशेष अथिती पूर्व राजदूत प्रतिभा राणा, गृह सचिव विनोदप्रकाश सिंह, शिखा बुक्सका सम्पादक पुष्पराज पौडेललगायतको उपस्थित रहेको थियो।

कार्यक्रममा शिखा बुक्सका सम्पादक पुष्पराज पौडेलले स्वागत मन्तब्य दिएका थिए। डा. मल्लमा लेखन शक्ति अति तिक्ष्ण भएको अनुभव सुनाउँदै उनले डा.मल्ललाई पुस्तक लेखन र प्रकाशनमा सधैं घचघच्याउने गरेको पनि बाताएका थिए।

एकैपटक सार्वजनिक गरिएका दुई पुस्तक मध्य ‘रुइसे दरबार’को समिक्षा साहित्यकार राजकुमार बानियाले गरेका थिए। साहित्यकार बानियाले रुइसे दरबारमा ७ सय वर्ष पहिलेको इतिहाँस पढन् पाइने बताएका छन्। उनले पुस्तककोबारे सबै कुरा बताउन नहुने र हलुका समिक्षा स्वरुप बोल्दै पुस्तक पाठकले किनेर नै पढ्नसमेत सुझाएका थिए।

यस्तै, अर्को पुस्तक ‘सेतो धर्तीमा सप्तरङ्गी फूल’ कथा संग्रहको समिक्षा साहित्यकार सुमन वर्षाले गरेकी थिइन्। कथा मार्फत लेखक डा.मल्लले समाजमा भएका विभिद पक्षहरुको उठान गरेको र बहु-आयामिक कथाको संग्रह रहेको एउटा पढ्नैपर्ने कथासंग्रहको रुपमा प्रकाशन भएको बताइन्।

डा.मल्लका ऐतिहासिक र सामाजिक विषयवस्तु उजागर गरेका दुबै पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो। पुस्तक विमोचनकै क्रममा बोल्दै प्रमुख अतिथि नेतृ आरजु राणा देउवाले लेखक डा.मल्लसँगको सामिप्यता बौद्धिक वा, एक लेखकको रुपमा मात्रै नभएर पारिवारिक रहेको उजागर गरेकी थिइन्। उनले बाग्लुङ राखुका मल्ल ठकुरीहरु आफ्ना मावली भएको र त्यसैले पनि डा.मल्ल र उहाँको परिवारसँग आफ्नो निकटता रहेको बताइन्।

उनले पुस्तक आफुले पुरै नपढेपनि ऐतिहाँसिक र सामाजिक विषयबस्तुमा गहिरो अध्यन र अनुसन्धानात्मक तरिकाले लेखिएको दाबि गरेकी थिइन्। १० वर्षे सशस्त्र युद्ध हामी सबैले भोगेकै कुरा हो, त्यसले हामी र हाम्रा परिवारमा के कस्तो मनोबैज्ञानिक असरहरु पार्यो भन्ने विषय गहनरुपमा उठाइएकोले पनि यि पुस्तकहरु पढ्नैपर्ने बताइन्।

यस्तै, पुस्तकका लेखक डा.मल्लले बडो मेहनतका साथ र आफुसँग समय नहुँदा-नहुँदै पनि लेख्ने हुटहुटिका कारण आफ्नो पिएचडीसँग सम्वन्धित विषयबस्तु पनि भएकाले यसलाई ढिलै भएपनि पुस्तकको रुपमा ल्याउन सफल भएको अनुभव सुनाएका थिए।

कार्यक्रममा बोल्दै डा.मल्लले आफुले सोचेको भन्दा धेरै राम्रो अर्थात भव्यरुपमा दुई पुस्तकको विमोचन गर्नपाएकोमा सबैलाई हार्दिक आभार र खुलीसमेत प्रकट गरेका थिए। उनले पुस्तकमाथि समिक्षा गर्ने सबै समिक्षकहरुलाई विशेष धन्यवाद दिएका थिए।

कार्यक्रममा गायिका निशा देशारको पनि उपस्थिती रहेको थियो। डा.मल्लद्वारा लिखित ‘पाऊ हजुरको किन कष्ट गरिबक्स्यो’ बोलको गीत मार्फत गायिका देशारले म्युजिक अवार्ड समेत हात पारेकी थिइन्। विमोचन कार्यक्रममा उक्त गीत गाएर उनले उपस्थित सबैलाई मनरोञ्जन गराएकी थिइन्।

प्रतिकृया दिनुहोस्

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता...

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...