News Portal

नेपालमा टिकटकले तीन महिनामा हटायो २४ लाख भिडियो

११९ पटक

काठमाडौं, कार्तिक ९ – छोटो भिडियो प्लेटफर्म टिकटकले नेपालमा अप्रिलदेखि जूनसम्म करिब २४ लाख ७६ हजार भिडियो हटाएको छ। यसलाई कम्पनीले आफ्नो कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेको कारणले हटाएको जनाएको छ।

रिपोर्टअनुसार, हटाइएका भिडियोमध्ये ९८ प्रतिशतभन्दा बढी २४ घण्टाभित्रै हटाइएका थिए। विश्वव्यापी रूपमा, टिकटकले तीन महिनामा करिब १८९ मिलियन भिडियो हटाएको थियो। तीमध्ये अधिकांश अटोमेटेड प्रविधिबाट पहिचान भएका थिए भने केही रिभ्युपछि पुनःस्थापित भएका थिए।

हटाइएका सामग्रीमा संवेदनशील वा वयस्क विषय भएका भिडियोहरू सबैभन्दा बढी (३० प्रतिशत), सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने १४ प्रतिशत, गोपनीयता उल्लङ्घन गर्ने ६ प्रतिशत, गलत सूचना फैलाउने ४५ प्रतिशत र एआई वा सम्पादित सामग्री २४ प्रतिशत रहेको रिपोर्टमा उल्लेख छ।

टिकटकले नियमितरूपमा यस्तो रिपोर्ट सार्वजनिक गर्दै पारदर्शिता कायम राख्ने र प्लेटफर्मको विश्वसनीयता सुनिश्चित गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ। प्रयोगकर्ताहरूले थप जानकारीका लागि टिकटकको ‘ट्रान्सपरेन्सी सेन्टर’ हेर्न सक्नेछन्।

प्रतिकृया दिनुहोस्

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...