News Portal

मन्त्री बन्ने तयारीमा खगेन्द्र सुनार दुई मुद्दामा फरार अभियुक्त भएको खुलासा

२५१ पटक

काठमाडौं, कार्तिक ९ – अन्तरिम सरकारको मन्त्री बन्ने तयारीमा रहेका खगेन्द्र सुनारमाथि दुईवटा मुद्दामा फरार अभियुक्तको रूपमा नाम दर्ता भएको खुलेको छ। नेपाल प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) अनुसार उनीमाथि दुई छुट्टाछुट्टै अदालतले जारी गरेको पक्राउ पुर्जी अझै कार्यान्वयन भएको छैन।

प्रहरी प्रधान कार्यालयअन्तर्गतको चालचलन शाखा स्रोतका अनुसार काभ्रेपलाञ्चोक जिल्ला अदालतमा विद्युतीय कारोबारसम्बन्धी मुद्दामा सुनारविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। सो मुद्दा हालसम्म फर्स्यौट नभएको प्रहरी रेकर्डमा उल्लेख छ। त्यस्तै, सुर्खेत जिल्ला अदालतले २०८१ असार २१ मा हातपात र स्वास्थ्य संस्था तोडफोडसम्बन्धी मुद्दामा पनि उनलाई पक्राउ पुर्जी जारी गरेको थियो। अदालतले त्यसबारे २०८१ मंसिर २१ मा सुर्खेत प्रहरीलाई ताकेता गरेको पनि स्रोतले जनाएको छ।

सुनारमाथि सर्वोच्च अदालतमा अधिवक्ता मनिषा गौतमले दायर गरेको मानहानी मुद्दा समेत विचाराधीन छ। नवराज विक प्रकरणमा अदालतको फैसलापछि असन्तुष्ट हुँदै सुनारले अदालत परिसरमै हुलहुज्जत र तोडफोड गरेको आरोप छ। त्यसपछि गौतमले उनीविरुद्ध मानहानीको मुद्दा दायर गरेकी थिइन्।

सर्वोच्चले सुनारलाई उपस्थित हुन आदेश दिएपछि उनले सामाजिक सञ्जालमा गौतम र न्यायाधीश सपना मल्ल प्रधानविरुद्ध अपमानजनक टिप्पणी गरेका थिए। उनले फेसबुकमा गौतमको तस्बिर र फोन नम्बर राख्दै ‘तँ नेपाल बारकी होस कि ठमेल बारकी’ भन्ने स्टाटस लेखेका थिए। त्यसपछि गौतमले साइबर ब्यूरोमा जाहेरी दिएकी थिइन्, तर ब्यूरोले मुद्दा नदर्ता गरी उनलाई काभ्रेपलाञ्चोक अदालतमा जान सुझाव दिएको गौतमले बताएकी छिन्।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...