News Portal

मन्त्री बन्ने तयारीमा खगेन्द्र सुनार दुई मुद्दामा फरार अभियुक्त भएको खुलासा

१३८ पटक

काठमाडौं, कार्तिक ९ – अन्तरिम सरकारको मन्त्री बन्ने तयारीमा रहेका खगेन्द्र सुनारमाथि दुईवटा मुद्दामा फरार अभियुक्तको रूपमा नाम दर्ता भएको खुलेको छ। नेपाल प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) अनुसार उनीमाथि दुई छुट्टाछुट्टै अदालतले जारी गरेको पक्राउ पुर्जी अझै कार्यान्वयन भएको छैन।

प्रहरी प्रधान कार्यालयअन्तर्गतको चालचलन शाखा स्रोतका अनुसार काभ्रेपलाञ्चोक जिल्ला अदालतमा विद्युतीय कारोबारसम्बन्धी मुद्दामा सुनारविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। सो मुद्दा हालसम्म फर्स्यौट नभएको प्रहरी रेकर्डमा उल्लेख छ। त्यस्तै, सुर्खेत जिल्ला अदालतले २०८१ असार २१ मा हातपात र स्वास्थ्य संस्था तोडफोडसम्बन्धी मुद्दामा पनि उनलाई पक्राउ पुर्जी जारी गरेको थियो। अदालतले त्यसबारे २०८१ मंसिर २१ मा सुर्खेत प्रहरीलाई ताकेता गरेको पनि स्रोतले जनाएको छ।

सुनारमाथि सर्वोच्च अदालतमा अधिवक्ता मनिषा गौतमले दायर गरेको मानहानी मुद्दा समेत विचाराधीन छ। नवराज विक प्रकरणमा अदालतको फैसलापछि असन्तुष्ट हुँदै सुनारले अदालत परिसरमै हुलहुज्जत र तोडफोड गरेको आरोप छ। त्यसपछि गौतमले उनीविरुद्ध मानहानीको मुद्दा दायर गरेकी थिइन्।

सर्वोच्चले सुनारलाई उपस्थित हुन आदेश दिएपछि उनले सामाजिक सञ्जालमा गौतम र न्यायाधीश सपना मल्ल प्रधानविरुद्ध अपमानजनक टिप्पणी गरेका थिए। उनले फेसबुकमा गौतमको तस्बिर र फोन नम्बर राख्दै ‘तँ नेपाल बारकी होस कि ठमेल बारकी’ भन्ने स्टाटस लेखेका थिए। त्यसपछि गौतमले साइबर ब्यूरोमा जाहेरी दिएकी थिइन्, तर ब्यूरोले मुद्दा नदर्ता गरी उनलाई काभ्रेपलाञ्चोक अदालतमा जान सुझाव दिएको गौतमले बताएकी छिन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...