News Portal

  • भैरहवा: नर्स र प्यारामेडिक्सको माग पूरा नहुँदा सेवा ठप्प हुने चेतावनी

    १४० पटक

    भैरहवा, कार्तिक ९ – युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) भैरहवाका नर्स तथा प्यारामेडिक्सले माग पूरा नभए मंगलबारदेखि अस्पतालका सबै सेवा ठप्प पार्ने चेतावनी दिएका छन्।

    नर्स र प्यारामेडिक्सहरूले तलब सुविधा, अतिरिक्त कामको भत्ता, करार नियुक्ति, पारिश्रमिक बैंकिङ प्रणालीमार्फत उपलब्ध गराउने, अनुभव पत्र उपलब्ध गराउने र कामको उचित समय तथा विश्राम सुनिश्चित गर्नुपर्ने माग राख्दै कार्तिक २ गतेदेखि आन्दोलन सुरु गरेका थिए।

    समितिका अध्यक्ष रश्मी गहतराजका अनुसार, अस्पताल प्रशासनले एक सातासम्म पनि माग सम्बोधनमा कुनै पहल नगरेको भन्दै मंगलबारसम्म नपुग्दा सम्पूर्ण सेवा बन्द गर्न बाध्य हुने चेतावनी दिएका हुन्। उनीहरूले जारी गरेको विज्ञप्तिमा बिरामी र जनमानसमा पर्न सक्ने असुविधाप्रति क्षमा याचना गर्दै त्यसको जिम्मेवारी प्रशासनले लिनुपर्ने स्पष्ट पारेका छन्।

    आन्दोलनरत नर्सहरूले मेडिकल कलेजमा कामको लोडअनुसार न्यून पारिश्रमिक पाएको र अत्यन्त कम तलब भत्तामा बिरामीको सेवा गर्नुपर्ने अवस्था रहेको गुनासो गरेका छन्। वर्तमानमा नर्सिङ र प्यारामेडिक्सको संख्या करिब २५० जना रहेको छ।

    स्वास्थ्य मन्त्रालयले निजी अस्पतालका नर्स तथा स्वास्थ्यकर्मीलाई सरकारी स्वास्थ्यकर्मीको बराबरी तलब भत्ता उपलब्ध गराउन निर्देशन दिँदै आएको भए पनि अस्पतालले कार्यान्वयन नगरेको भन्दै आन्दोलनमा उत्रिएको उनीहरूको भनाइ छ।

    नर्स र प्यारामेडिक्सले अस्पताल प्रशासनलाई बारम्बार पत्र बुझाए पनि कुनै चासो नदेखाएपछि हातमा कालो पट्टी बाँधेर सेवा दिने र आकस्मिक सेवाबाहेक नयाँ बिरामी भर्ना नगर्ने कदम चालिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गंगाजमुना–३ मा धादिङ यातायात र ग्रामीण यातायातका गाडी सञ्चालनमा रोक

    धादिङ — धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिका वडा नं. ३ अन्तर्गत काठमाण्डौ–सातदोबाटे–गुम्दी–चिमचोक रुटमा सञ्चालन हुँदै आएको...

    पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिला कुवेत पठाउने संगठित गिरोह सक्रिय

    काठमाडौँ – पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिलालाई कुवेत पठाउने संगठित गिरोह सक्रिय रहेको तथ्य...

    पोखरामा २७औँ सडक महोत्सव : फेवाताल किनार रंगीन कार्यक्रमले सिँगारिने

    कास्की, मंसिर २८ – पोखराको लेकसाइड क्षेत्रमा पुस १३ देखि १७ गतेसम्म २७औँ पोखरा सडक...

    सरकारबाट संसद् कमजोर बनाउने प्रयास भइरहेको छ : सभामुख घिमिरे

    काठमाडौं, मंसिर २८ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरकारले संघीय संसद्लाई क्रमशः सीमित बनाउने प्रयास...

    समयमै निर्वाचन गराउनु सरकारको मूल कर्तव्य : राष्ट्रिय सभा अध्यक्ष दाहाल

    काठमाडौं, मंसिर २८ – राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले समयमै निष्पक्ष निर्वाचन सम्पन्न गर्नु सरकारको...