News Portal

  • जेनजी आन्दोलनबाट भएको क्षति सरकारले व्यहोर्ने: अर्थमन्त्री खनाल

    ११२ पटक

    काठमाडौं, कार्तिक ९ – अर्थमन्त्री रामेश्वर खनालले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको क्षति बीमा वा वित्तीय प्रणालीले नसमेट्ने अवस्थामा सरकारले नै व्यहोर्ने बताएका छन्।

    नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले असोजमा आयोजना गरेको ‘अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रस्तुत प्रतिवेदन ग्रहण गर्दै उनले आन्दोलनबाट प्रभावित व्यवसाय र निजी क्षेत्रको पुनर्निर्माणमा सरकार अग्रसर हुने बताए।

    खनालका अनुसार, बजार प्रक्रिया र बीमा प्रणालीले नकभर गर्ने क्षतिहरूको जिम्मा सरकारले लिनुपर्ने अवस्था आएको छ। उनले भने, “कतिपय बजार प्रक्रियाबाटै व्यवस्थित हुन्छन्, तर जहाँ बीमा वा बैंक प्रणालीले नपुर्‍याउने खालको क्षति छ, त्यहाँ सरकार नै अघि सर्छ।”

    उनले क्षतिको आधिकारिक तथ्यांक संकलन गर्न टास्क फोर्स गठन गरिएको र त्यसपछि आउने प्रतिवेदनका आधारमा सहयोगका उपाय तय गरिने जानकारी दिए। “व्यवसायीले गुमाएको सम्पत्ति पुनःस्थापना गर्न सरकार अनुदान वा सहुलियतपूर्ण ऋणको माध्यमबाट सहयोग गर्ने तयारीमा छ,” उनले स्पष्ट पारे।

    अर्थमन्त्री खनालले अहिलेको सरकार नीतिगत स्थिरता र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेको उल्लेख गर्दै भने, “यो सरकारले आफ्नो कार्यकालभित्रै क्षति व्यवस्थापनका काम पूरा गर्छ।”

    उनका अनुसार, आगामी निर्वाचनको तयारीले गर्दा नयाँ कानुन ल्याउने सम्भावना भने सीमित रहेको छ। “चुनावको सन्दर्भमा अध्यादेशमार्फत कानुन बनाउन पनि सहज छैन,” उनले भने।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    निःशुल्क स्वास्थ्य क्याम्पमा हिमालयन रेस्टुरेन्ट हाउसको सहयोग

    कुवेत – कुवेतमा नेपाली समुदायबीच लोकप्रिय हुँदै गएको हिमालयन हाउस ले प्रशंसनीय सामाजिक उत्तरदायित्व प्रदर्शन...

    रास्वपा कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस

    कुवेत – कुवेतस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभागले वरिष्ठ सल्लाहकार रजु कार्कीलाई १० प्रतिशत...

    दुधौरा पुल पुसभित्र सकिने तयारी, सडक निर्माणमा भने ढिलाइ कायम

    काठमाडौं, मंसिर २६ – पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डमा परेका बाराको दुधौरा पुल निर्माण अन्ततः पुस महिनाभित्र...

    युवा नेतृत्व बिना राजनीति अघि बढ्दैन : मन्त्री खरेल

    काठमाडौं, मंसिर २६ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली राजनीति अब नयाँ पुस्ताको हातमा...

    प्रधानमन्त्री कार्कीले आज चार मन्त्री थप्दै, मन्त्रिपरिषद् १४ सदस्यीय बन्दै

    काठमाडौं, मंसिर २६ – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। आज...