News Portal

  • पाकिस्तानका १ दर्जन दलद्वारा चुनावी परिणाम अस्वीकार

    हिमाली संचार संवाददाता
    ३६५ पटक

    काठमाडौं । चुनावमा हार व्यहोरेका पाकिस्तानका १ दर्जन दलहरुले परिणाम अमान्य भएकाे घोषणा गरेका छन् ।

    चुनावकाे स्वच्छतामाथि प्रश्न उठाउँदै ती दलहरूले परिणाम अस्वीकार गर्ने जनाएका हुन् । असन्तुष्ट  ती दलहरुले पुनः निर्वाचनकाे मागसमेत गरेका छन् ।

    परिणामप्रति असन्तुष्टि जनाउने दलहरुको सूचीमा यसअघिको सत्तारुढ दल पीएमएल–एन पनि छ । जबकि उसले यसअघि आफू प्रतिपक्षमा बस्न तयार रहेको जनाएको थियो ।

    बीबीसीका अनुसार जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफका भाइ साबज शरिफले पार्टीले अहिलेसम्म बहिस्कार गर्ने कि नगर्ने भन्नेबारे निर्णय लिइनसकेको बताएका छन् ।

    पाकिस्तानको बुधबार सम्पन्न निर्वाचनमा पूर्वक्रिकेटर इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ ११५ स्थानमा जित हासिल गर्दै ठूलो दल बनेको छ । पीएमएल–एन दोस्रो र सिबिलावल भुट्टो जर्दारीको पाकिस्तान पिपुल्स पार्टी तेस्रो भएको छ । उनीहरुले क्रमशः ६४ र ४३ सिट हात पारेका छन् ।

    बहुमतको सरकार गठनका लागि १ सय ३७ सीट आवश्यक पर्छ । इमरानको पार्टीलाई २२ सिट अपुग भएकाले उनले अब गठबन्धन सरकार गठनका लागि अन्य दलहरुसँग हात अघि बढाउनुपर्ने बाध्यता छ ।

    तर परिणामप्रति असन्तुष्ट दलहरुले पुनः निर्वाचनको माग गर्दै पूरा नभएमा सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । यसले इमरानलाई केही असजिलो पर्ने अनुमान गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    खरबुजा खाएपछि कुन चिज खानु हुन्छ र खानु हुन्न हेर्नुस्

    गर्मीको मौसम सुरु हुनासाथ बजारमा जताततै खरबुजा देखिन्छ। यो रसिलो फल खान त स्वादिलो हुन्छ...

    कुवेतमा शहिद लखन थापा मगर गोल्ड कप १४ जुन

    कुवेत– नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४...

    नेपाली जन सम्पर्क समिति कुवेतको चौथो अधिवेसन जुन २१

     कुवेत– नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको...

    नेपाल कुवेत सरोकार समाजको पाँचौ सांगितिक धमाका मे ३१

    कुवेत– नेपाल कुबेत सरोकार समाजले आफ्नो पाँचौ साँगितिक धमाका यहि आँउदो ३१ मे २०२४ शूक्रबार...

    आज बैशाख-१७ गते सोमबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १७ गते सोमबार इश्वी सन २०२४ अप्रिल २९...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal