News Portal

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतद्वारा रक्तदान कार्यक्रम सप्पन्न

हिमालीसंचार संवाददाता
३५४ पटक

कुवेत हरि बानियाँ – रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ। आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प नै रक्तदान हो।

“रक्तदान जीवनदान” नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रम सप्पन्न भयाे। रक्तदान कार्यक्रममा नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष नवराज पन्थी,गैरअावासीय नेपाली संघ कुवेतकाे अध्यक्ष रणध्वज लामा लगायत महासंघ वैदेशिक शाखाका सम्पूर्ण पदाधिकारीको उपस्थिति थियो। महासंघबाट उपस्थिति सबैजनाले रक्तदान गरे।

रक्तदान कार्यक्रमको सम्योजन नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका उपाध्यक्ष राज मल्ल गरेका थिए भने र विशेष ब्यबस्थापन गर्ने नेपाली रक्तदाता संघ कुवेतका (NBDA KUWAIT) अध्यक्ष रुपेन हमालले
गरेका थिए। रक्तदान कार्यक्रममा जान आउनको लागि यातायातको समेत व्यवस्था गरिएको थियो भने रक्तदान पछि
रक्तदान गरेका व्यक्तिहरुलाई जुस पानी, फलफूल तथा हल्का खानपिनकाे व्यवस्था समेत थियोे।

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतकाे रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए।आधुनिक विज्ञानले धेरै प्रगति गरेतापनि कृत्रिम तरिकाले रगत बनाउने सूत्र फेला पारेका छैनन्। ब्लड बैंकहरुले पनि आवश्यक मात्रामा सेवाग्राहीलाई रगत उपलब्ध गराउन सकिरहेका छैनन् । योग्य व्यक्तिहरुले पनि रक्तदान नगर्ने प्रवृतिले गर्दा अझै रगतको चरम संकट छ। कुनै पनि एक तन्द्रुस्त स्वस्थ व्यक्तिले डाक्टरको सल्लाहअनुसार तीन /तीन महिनामा रक्तदान गर्न सकिन्छ।

कतिपयले रक्तदान गर्दा कमजोर भइन्छ भन्ने ठान्छन् तर वास्तविकता के हो भने पुरुषको शरीरलाई प्रतिकेजी ७६ एमएल र महिलाको शीररमा प्रतिकेजी ६६ एमएल रगत हुन्छ । तर शरीर सञ्चालनका लागि चाहिने आवश्यक रगत ५० एमएल मात्रै हो। यसरी रक्तदान गर्नु सबैभन्दा ठूलो आत्मसन्तुष्टि पनि हो । तपाईंले गरेकाे रक्तदानले अाफनो जीवनलाई मात्र नभई अरुको पनि जीवन बचाउँछ।

प्रतिकृया दिनुहोस्

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...

बिदाइ भेटमा चिनियाँ राजदूतको भनाइ: जनस्तर बलियो, आर्थिक सहकार्य कमजोर

काठमाडौं, पुष ६ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख...