News Portal

आज गुरु पूर्णिमा, गुरुप्रति श्रद्धाभाव प्रकट!

हिमालीसंचार संवाददाता
५८९ पटक

“गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नम:!”
अर्थात्- “गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान शङ्कर हुन्, गुरु नै हुन् साक्षात् परब्रह्म, यस्ता गुरुलाई म नमस्कार गर्दछु।”

आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा आफूलाई गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धाभाव प्रकट गरी मनाइएको छ ।

वैदिक धर्मग्रन्थ १८ पुराण एवम् महाभारतका रचयिता वेदव्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै गुरु पूर्णिमा मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । पौराणिक कालमा पराशर ऋषि र माझी पुत्री मत्स्यगन्धाबाट यसै दिन वेदव्यासको जन्म भएको, आषाढ शुक्ल पूर्णिमाकै दिन उनले आफ्ना छोरा शुकदेवसहित ऋषिहरूलाई वेदवेदांग आदि धार्मिक ग्रन्थको दर्शन गराएको र गौतम बुद्धले पनि सोही पूर्णिमाकै दिन आफ्ना शिष्यलाई पहिलो उपदेश दिएकाले महत्वपूर्ण पर्वका रूपमा मनाउने चलन वैदिक कालदेखि नै सुरु भएको मानिन्छ ।

संस्कृत व्याकरणमा “गु”को अर्थ अन्धकार र “रु” को अर्थ प्रकाश भन्ने हुन्छ। गुरु शब्दको विग्रह गर्दा “गिरति अज्ञानं इतिः गुरु” अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो। ज्ञानरुपी प्रकाशले अज्ञान रुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिन्छ भनेर तन्त्र शास्त्र र धर्मशास्त्रका ग्रन्थहरूमा विभिन्न प्रमाण सहित उल्लेख गरिएको छ ।

गुरुलाई शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरको रूपमा मानेको छ। ब्रह्मा, विष्णु र महेश्वरले समाधान गर्न नसकेको समस्यालाई गुरुले समाधान गर्न सक्छन् भन्ने शास्त्रीय मान्यता रहेको छ । जन्मगुरु आमा, कर्मगुरु बाबु र शिक्षादीक्षाकागुरु “गुरु” हुन्, जसले भोग शिक्षाभन्दा योगशिक्षा तथा व्यावहारिक शिक्षामा जोड दिन्छन्। वास्तवमा गुरु ज्ञानका खानी हुन्। गुरु संसारलाई प्रत्याभूत गराउने दीप हुन्। अनि मानव जीवनका बहना हुन् अथवा मानव जीवनका आधार हुन्, जसरी पानीलाई आधार बनाएर नाउ बहन्छ र आफ्नो गन्तव्य पहिल्याऊ छ, त्यसरी नै मानिसको जीवन पनि गुरुलाई आधार बनाई आफ्नो गन्तव्य सम्म पुग्छ।

वेदव्यासले आफ्ना धर्मग्रन्थहरू बाट जीवनको सार, रहस्य उद्देश्य प्रष्ट्याईदिनुका साथै जीवनको परम् उद्देश्य सम्म पुग्ने मार्गदर्शन गरेका छन्। शास्त्रमा भनिएको छ :

“अष्टादश पुराणेसु व्यासाय वचनद्वयम्।

परोपकार पुण्याय, पापाय परपीडनम्।।”

अर्थात् व्यासले पुराण र उपपुराणका माध्यमबाट अरूको उपकार गरे धर्म हुन्छ एवं अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिएका छन्।

यस दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको छ। ब्रह्म मुहूर्तमा वा सूर्योदय अगावै उठेर स्नान, सन्ध्याबन्धन गरी गुरूपूजा गर्ने विधान छ। साक्षात् गुरुको नजिकमा अथवा गुरु नभए गुरुको मूर्ति वा तस्वीरमा मानसिक छवि निर्माण गरेर भक्तिभावपूर्वक पूजा गर्ने प्रचलन रहेको छ।

गुरु भनेको स्रष्टा हो, रचनाकार हो, आविष्कारक हो र उहाँको स्थान सदैव आदरणीय र देवता समान छ। त्यसैले त भनिएको छ “गुरु देवो भव:”। वास्तवमा जसले गुरुका कुरा अनुशरण गर्दछ ऊ आचार्य हो, जसले गुरुका कुरालाई सिकाउँछ अथवा पढाउँछ ऊ शिक्षक हो र गुरुका पनि गुरु प्रकृति हुन्।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...