News Portal

  • आज गुरु पूर्णिमा, गुरुप्रति श्रद्धाभाव प्रकट!

    हिमालीसंचार संवाददाता
    ५२३ पटक

    “गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,
    गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नम:!”
    अर्थात्- “गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान शङ्कर हुन्, गुरु नै हुन् साक्षात् परब्रह्म, यस्ता गुरुलाई म नमस्कार गर्दछु।”

    आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा आफूलाई गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धाभाव प्रकट गरी मनाइएको छ ।

    वैदिक धर्मग्रन्थ १८ पुराण एवम् महाभारतका रचयिता वेदव्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै गुरु पूर्णिमा मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । पौराणिक कालमा पराशर ऋषि र माझी पुत्री मत्स्यगन्धाबाट यसै दिन वेदव्यासको जन्म भएको, आषाढ शुक्ल पूर्णिमाकै दिन उनले आफ्ना छोरा शुकदेवसहित ऋषिहरूलाई वेदवेदांग आदि धार्मिक ग्रन्थको दर्शन गराएको र गौतम बुद्धले पनि सोही पूर्णिमाकै दिन आफ्ना शिष्यलाई पहिलो उपदेश दिएकाले महत्वपूर्ण पर्वका रूपमा मनाउने चलन वैदिक कालदेखि नै सुरु भएको मानिन्छ ।

    संस्कृत व्याकरणमा “गु”को अर्थ अन्धकार र “रु” को अर्थ प्रकाश भन्ने हुन्छ। गुरु शब्दको विग्रह गर्दा “गिरति अज्ञानं इतिः गुरु” अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो। ज्ञानरुपी प्रकाशले अज्ञान रुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिन्छ भनेर तन्त्र शास्त्र र धर्मशास्त्रका ग्रन्थहरूमा विभिन्न प्रमाण सहित उल्लेख गरिएको छ ।

    गुरुलाई शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरको रूपमा मानेको छ। ब्रह्मा, विष्णु र महेश्वरले समाधान गर्न नसकेको समस्यालाई गुरुले समाधान गर्न सक्छन् भन्ने शास्त्रीय मान्यता रहेको छ । जन्मगुरु आमा, कर्मगुरु बाबु र शिक्षादीक्षाकागुरु “गुरु” हुन्, जसले भोग शिक्षाभन्दा योगशिक्षा तथा व्यावहारिक शिक्षामा जोड दिन्छन्। वास्तवमा गुरु ज्ञानका खानी हुन्। गुरु संसारलाई प्रत्याभूत गराउने दीप हुन्। अनि मानव जीवनका बहना हुन् अथवा मानव जीवनका आधार हुन्, जसरी पानीलाई आधार बनाएर नाउ बहन्छ र आफ्नो गन्तव्य पहिल्याऊ छ, त्यसरी नै मानिसको जीवन पनि गुरुलाई आधार बनाई आफ्नो गन्तव्य सम्म पुग्छ।

    वेदव्यासले आफ्ना धर्मग्रन्थहरू बाट जीवनको सार, रहस्य उद्देश्य प्रष्ट्याईदिनुका साथै जीवनको परम् उद्देश्य सम्म पुग्ने मार्गदर्शन गरेका छन्। शास्त्रमा भनिएको छ :

    “अष्टादश पुराणेसु व्यासाय वचनद्वयम्।

    परोपकार पुण्याय, पापाय परपीडनम्।।”

    अर्थात् व्यासले पुराण र उपपुराणका माध्यमबाट अरूको उपकार गरे धर्म हुन्छ एवं अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिएका छन्।

    यस दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको छ। ब्रह्म मुहूर्तमा वा सूर्योदय अगावै उठेर स्नान, सन्ध्याबन्धन गरी गुरूपूजा गर्ने विधान छ। साक्षात् गुरुको नजिकमा अथवा गुरु नभए गुरुको मूर्ति वा तस्वीरमा मानसिक छवि निर्माण गरेर भक्तिभावपूर्वक पूजा गर्ने प्रचलन रहेको छ।

    गुरु भनेको स्रष्टा हो, रचनाकार हो, आविष्कारक हो र उहाँको स्थान सदैव आदरणीय र देवता समान छ। त्यसैले त भनिएको छ “गुरु देवो भव:”। वास्तवमा जसले गुरुका कुरा अनुशरण गर्दछ ऊ आचार्य हो, जसले गुरुका कुरालाई सिकाउँछ अथवा पढाउँछ ऊ शिक्षक हो र गुरुका पनि गुरु प्रकृति हुन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुलमान घिसिङले देश नेतृत्व गर्न सहयोगको आग्रह गरे

    रामेछाप, १९ मंसिर – ऊर्जा मन्त्री कुलमान घिसिङले आगामी दिनमा देशको नेतृत्व गर्ने योजना रहेको...

    एमाले प्रतिनिधि छनोट विवाद: च्यासलमा कार्यकर्ताबीच झडप

    काठमाडौं, मंसिर १९ – काठमाडौंको च्यासलमा रहेको नेकपा एमाले केन्द्रीय कार्यालयमा प्रतिनिधि छनोटलाई लिएर असन्तुष्टि...

    वरपिपल रिसोर्ट आगजनी प्रकरण: एक जना थुनामा, ६ जना धरौटीमा रिहा

    कास्की, मंसिर १९ – पोखरामा वरपिपल रिसोर्टमा आगजनी र तोडफोड भएको प्रकरणमा अदालतले एक जनालाई...

    हर्क साम्पाङको आरोप: ‘मलाई रोक्न कुलमानलाई अघि सारिएको छ’

    काठमाडौं, मंसिर १९ – धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ऊर्जामन्त्री...

    राप्रपाको २३ मंसिरको प्रदर्शनमा सबैलाई सहभागी हुन प्रवक्ता शाहीको आग्रह

    काठमाडौं, मंसिर १९ – राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले २३ मंसिरमा आयोजना हुने प्रदर्शनलाई...