News Portal

नेवार समुदायले मनायो यमरी पुन्ही, पुरानो परम्परा अझै जोगिँदै

१८० पटक

भक्तपुर, १८ मंसिर  – नेवार समुदायले बिहीबार मार्ग शुक्ल पूर्णिमाको अवसरमा यमरी पुन्ही पर्व मनाएको छ। यस दिन घरघरमा चामलको पिठोबाट बनेको यमरी पकाएर गीत गाउँदै बाँड्ने परम्परा छ।

यमरी पुन्हीमा घरका युवायुवतीले “त्य:छिं त्य:, बकछिं त्य:” जस्ता पुराना गीत गाइरहँदा यमरी, धान, चामल र अन्य सामग्री माग्ने चलन छ। संस्कृतिकर्मीका अनुसार यो प्रचलन मल्लकालदेखि सुरु भएको हो। यमरीलाई कुबेर र गणेशको प्रतीक मानिन्छ र यस दिन दान गर्दा धनसम्पत्ति बढ्ने विश्वास गरिन्छ।

गृहिणीहरूले चामलको पिठोबाट रोटी जस्तो बनाइ त्यसको भित्र तिल, मास, खुवा र गुँदपाक राखेर त्रिकोण आकारमा पकाउने गर्छन्। पकाएको यमरी चार, छ र बाह्र दिनसम्म धानका भकारीमा राखेर पूजा गर्ने र आफन्तलाई भोज खुवाउने चलन छ।

किम्वदन्ती अनुसार पाञ्चालदेशमा बस्ने दानी सुचन्द्र दम्पतीले धनपति कुवेरलाई सत्कार गरी यमरी खुवाएका थिए। त्यसयता नेवार समुदायले यमरी पुन्हीमा देवीदेवताको पूजा गर्दै धन र अन्नको वृद्धि सुनिश्चित गर्ने विश्वास राख्दै आएको छ।

आज पनि यमरी पुन्ही नेवार संस्कृति र परम्पराको जीवित उदाहरणको रूपमा मनाइँदै आएको छ।

प्रतिकृया दिनुहोस्

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...

आज २०८२ साल चैत ५ गतेको राशिफल

आज चैत ५, २०८२ ( मार्च १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाका सभापतिले राई–लिम्बू समुदायको प्रतिनिधित्वमा खेद व्यक्त गरे

काठमाडौं, ४ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट...

खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना घाइते

खोटाङ, चैत ४ — एयर डाइनेस्टीको ९एन-एएफक्यू हेलिकप्टर बुधबार खोटाङको केपिलासगढी गाउँपालिका–२, बालाबेसीमा दुर्घटनाग्रस्त भएको...

प्रधानमन्त्रीको नेतृत्वको प्रशंसा गर्दै प्रचण्डले भने– निर्वाचन नहुँदा देश संकटमा पर्थ्यो

काठमाडौं, ४ चैत — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रमुख राजनीतिक...