News Portal

नेवार समुदायले मनायो यमरी पुन्ही, पुरानो परम्परा अझै जोगिँदै

१३९ पटक

भक्तपुर, १८ मंसिर  – नेवार समुदायले बिहीबार मार्ग शुक्ल पूर्णिमाको अवसरमा यमरी पुन्ही पर्व मनाएको छ। यस दिन घरघरमा चामलको पिठोबाट बनेको यमरी पकाएर गीत गाउँदै बाँड्ने परम्परा छ।

यमरी पुन्हीमा घरका युवायुवतीले “त्य:छिं त्य:, बकछिं त्य:” जस्ता पुराना गीत गाइरहँदा यमरी, धान, चामल र अन्य सामग्री माग्ने चलन छ। संस्कृतिकर्मीका अनुसार यो प्रचलन मल्लकालदेखि सुरु भएको हो। यमरीलाई कुबेर र गणेशको प्रतीक मानिन्छ र यस दिन दान गर्दा धनसम्पत्ति बढ्ने विश्वास गरिन्छ।

गृहिणीहरूले चामलको पिठोबाट रोटी जस्तो बनाइ त्यसको भित्र तिल, मास, खुवा र गुँदपाक राखेर त्रिकोण आकारमा पकाउने गर्छन्। पकाएको यमरी चार, छ र बाह्र दिनसम्म धानका भकारीमा राखेर पूजा गर्ने र आफन्तलाई भोज खुवाउने चलन छ।

किम्वदन्ती अनुसार पाञ्चालदेशमा बस्ने दानी सुचन्द्र दम्पतीले धनपति कुवेरलाई सत्कार गरी यमरी खुवाएका थिए। त्यसयता नेवार समुदायले यमरी पुन्हीमा देवीदेवताको पूजा गर्दै धन र अन्नको वृद्धि सुनिश्चित गर्ने विश्वास राख्दै आएको छ।

आज पनि यमरी पुन्ही नेवार संस्कृति र परम्पराको जीवित उदाहरणको रूपमा मनाइँदै आएको छ।

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...