News Portal

थाइल्यान्डबाट ल्याइएको बुद्धकाे मूर्ति गंगा जमुना गाउँपालिकालाई हस्तान्तरण

४२७ पटक

धादिङ– जिल्ला, गंगाजमुना गाउँपालिका–५ स्थित ठोट्नेपानी मन्दिर परिसरमा थाइल्यान्डबाट ल्याइएको भगवान बुद्धको मूर्ति विशेष धार्मिक समारोहका बीच औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। थाइल्यान्डबाट नेपाल ल्याइएको उक्त मूर्तिलाई बुद्ध बिहारका प्रमुख  श्रधैय बिच्छुकदन महास्तवीले बुद्ध मूर्तिको महास्थविरले गाउँपालिका अध्यक्ष भक्त बहादुर लामालाई हस्तान्तरण गर्दै बौद्ध शिक्षा, दर्शन र सांस्कृतिक आदानप्रदानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

समारोहमा उपस्थित सदस्य तथा धर्मगुरुहरूले बुद्धमूर्तिको आयात र हस्तान्तरणले अन्तर्राष्ट्रिय बौद्धिक सम्बन्ध, सांस्कृतिक सहकार्य तथा नेपाल–थाइल्यान्ड मैत्री सम्बन्धमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे।
उक्त मूर्ति बुद्ध बिहारको धर्मकक्षमा आयोजित विशेष धार्मिक विधिका क्रममा सुब्बा तथा महास्थविरको संयोजनमा नेपाल ल्याइएका बहुमूल्य मूर्तिहरूमध्ये एक भएको जनाइएको छ।

थाइल्यान्डमा आजीवन कारावास भोगिरहेका बन्दीहरूले सकारात्मक कर्म र ऊर्जा प्राप्त होस् भन्ने उद्देश्यले बुद्धका मूर्तिहरू निर्माण गर्ने कार्यक्रम चलाईँदै आएको तथा त्यहाँको सरकारले यो कदमलाई मानवता र शान्तिको सन्देश फैलाउने माध्यमका रूपमा अघि बढाएको बताइयो। सोही प्रबन्धअनुसार नेपाललाई पनि केही मूर्तिहरू उपलब्ध गराइएका भएका छन् बुद्धमूर्तिको हस्तान्तरण कार्यक्रमको समारोहमा प्रजुन अधिकारीले  भने स्थानीय समुदायमा धार्मिक आस्था र सांस्कृतिक कार्यक्रमहरू प्रवद्र्धन गर्न सहयोग हुने विश्वास गरिएको बताए। समाजमा बुद्ध र हिन्दु हरु हामी एक आपसमा एकदम भातृत्व प्रेमले बसेका छौ।

धार्मिक समन्वयक डा. दिलमान शाक्य (सुगन्ध महास्थविर) को सक्रियता र  नेपाल ल्याइएका मूर्ति एक अब धादिङको गंगाजमुना क्षेत्रमा प्रतिस्थापन गरिँदैछ।गाउँपालिका अध्यक्ष लामाले बुद्धमूर्तिले धार्मिक पर्यटन, सांस्कृतिक जगेर्ना र सामाजिक एकता सुदृढ गर्नेमा विश्वास व्यक्त गर्दै विहार परिवार तथा समन्वयकर्ताहरू प्रति आभार व्यक्त गरे।

समारोहमा सहभागीहरूले भने-“हिन्दु, बौद्ध,लगायत सबै धर्मलाई समेट्ने मन्दिर परिसरमा बुद्धमूर्ति प्रतिस्थापन हुनु समाजमा शान्ति, सद्भाव र भाइचारा प्रवर्द्धन गर्ने महत्वपूर्ण कदम हो।

उपलब्ध गराइएको मूर्तिले मन्दिरको आध्यात्मिक महत्व, स्थानीय पहिचान तथा धादिङको धार्मिक गन्तव्यको रूपमा विकासमा योगदान गर्ने अपेक्षा गरिएको छ।धार्मिक समन्वय तथा सांस्कृतिक सहयोगमार्फत नेपाल–थाइल्यान्डमैत्री सम्बन्ध अझ सुदृढ हुने र भविष्यका पुस्तालाई शान्ति–धर्मका मूल्यबोधमा प्रेरित गर्ने विश्वासका साथ समारोह सम्पन्न गरिएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...