News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • पूर्वी मकवानपुरको शिखरपुरमा जहाज दुर्घटना भएको पीडा भुल्दै देशभर सहयोग

    हिमालीसंचार संवाददाता
    ३४४ पटक

    हेटौंडा।
    जहाज दुर्घटनाले दिएको पीडालाई शक्तिमा बदल्दै मकवानपुरका विभिन्न स्थानसहित देशका विभिन्न क्षेत्रमा बालबालिकालाई छात्रवृत्ति, शारीरिक अशक्त, विपन्न परिवार, एकल महिला र बृद्धलाई सहयोग गरिएको छ। दुर्घटनामा आफ्नी परिचालिका छोरी गुमाएका दोर्जे तेसिरङ शेर्पाको अध्यक्षतामा स्थापना गरिएको स्काई मेमोरियल फाउन्डेसन नामक संस्थाले देशभर सहयोगको श्रृंखला जारी राखेको हो।

    मकवानपुरको फापरबारी, गोठडाँडा र बस्तीपुर नजिकका ५ गाउँमा गरी शुक्रबारसम्म ५० जनालाई सहयोग गरिसकिएको र उक्त कार्य जारी रहेको उहाँले बताउनुभयो। संस्थाले शारीरिक अशक्तका सन्तानलाई अध्ययनका लागि ५ वर्षदेखि मासिक २ देखि ३ हजारका दरले छात्रवृत्ति प्रदान गर्दै आएको छ। ‘बालबालिकाले अध्ययन गरे भने उनीहरु भविष्यको सहारा बन्नेछन्,’ शेर्पाले सहयोगको कारण खुलाउनुभयो।

    संस्थाले केही समयअघि सिरहाको लहानमा २० जना, सोलुखुम्बुको बिकट क्षेत्रमा २० जना, कैलालीको अत्तरिया र गैरीगाउँमा २०/२० जना, रामेछापमा पनि २० जना, धनकुटाको कुवापानीमा २० जनालगायतलाई नगद १ हजार ५ सय रुपियाँका दरले सहयोग गरेको थियो। गैरीगाउँमा गत वर्ष कोरोना संक्रमणका कारण ज्यान गुमाएकाका ४ सन्तानलाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको शेर्पाले बताउनुभयो।

    विभिन्न विद्यालयमा अध्ययनरत् साना विद्यार्थीलाई विद्यालय झोला, चप्पल र स्टेसनरी पनि सहयोग गर्ने गरिएको छ। मकवानपुरको बकैया–१० स्थित अम्बासमा रहेको सरस्वती प्राथमिक विद्यालयको ईसीडी कक्षा भवन निर्माणसहित छात्रवृत्ति बितरणमा पनि सहयोग गरिएको छ।

    दुःखद् घटनापछि अभिभावकले पीडालाई शक्तिमा बदलेर अरुका लागि प्रेरणादायी काम गरेका हुन्। पूर्वी मकवानपुरको शिखरपुरमा भएको जहाज दुर्घटनापछि देशका विभिन्न क्षेत्रमा विकासका गतिविधि भएका छन्। जहाज दुर्घटनामा निधन भएकाको स्मृतिमा शिखरपुरमा मोटरबाटोदेखि निःशुल्क स्वास्थ्य क्लिनिकसम्म सञ्चालनमा आएका छन्। मृतकका आफन्तले शिखरपुरको बस्तीपुरमा विद्यालय भवन निर्माण गर्नुका साथै स्वास्थ्य क्लिनिक, कर्मचारी आवासगृह, पुस्तकालयदेखि मोटरबाटोसमेत निर्माण गरिदिएका छन्।

    नेपालमा हालसम्म धेरै विमान दुर्घटना भएका छन्। तर, दुर्घटनाग्रस्त क्षेत्रमा पीडित परिवारको अग्रसरतामा यति ठूलो विकास भएको कतै पाइँदैन। त्यसैले क्षतिलाई ऊर्जाका रुपमा बदल्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् अभिभावक। भन्छन्– विमान कम्पनीले अग्रसरता लिएर पीडित परिवारलाई समन्वय गर्ने हो भने, दुर्घटनास्थललाई नमूना क्षेत्रका रुपमा विकास गर्न सकिन्छ।

    दुर्घटनाले दुर्घटनास्थलमा विकासका थुप्रै आयाम जन्माएको छ। छतिवनको चिसापानी हुँदै बस्तीपुरसम्मको ६ किमी सडक मृतकका आफन्तकै अगुवाइमा निर्माण भएपछि स्थानीयले यातायात सुबिधा पाएका छन्। मकवानपुरबाट शुरु भएको विकास अभियान देशभर पुगेको छ।

    शिखरपुर, मन्थली र फापरबारीका १३ विद्यालयमा निरन्तर आर्थिक तथा भौतिक सहयोग हुँदै आएको छ। दुर्घटनामा निधन भएका तीन जनाको नामको पहिलो अक्षरबाट स्काई फाउण्डेसन निर्माण गरी विद्यालय र गाउँको विकास भइरहेको दुर्घटनामा निधन भएकी परिचालिका सहारा शेर्पाका बुबा तथा फाउण्डेसन अध्यक्ष शेर्पाले जानकारी दिनुभयो। तीन परिवार र अग्नि एयरको करिब १२ लाख सहयोगमा फाउण्डेसन स्थापना गरिएको हो।

    दुर्घटनामा निधन भएकी परिचालिका शेर्पा, अमेरिकी नागरिक केन्द्रा डोम्निक्यु फालोन र जापानी नागरिक युक्की हायासीको स्मृतिमा देशका विभिन्न क्षेत्रमा सहयोग हुँदै आएको छ। मृतक शेर्पा २१, हायासी र फालोन दुवै १९ वर्षीय थिए।

    दुर्घटनामा ८ नेपाली र ६ विदेशी नागरिकको ज्यान गएको थियो। अग्नि एयरको डोर्नियर विमान दुर्घटनामा परेको थियो। २०६७ भदौ ८ गते विहान करिब ७ः३० बजे भएको दुर्घटनाका मृतकको सम्झनामा सोही स्थानमा करिब १६ फिट अग्लो बौद्ध स्मारक स्तुप बनाइएको छ। जहाँ हरेक भदौ ८ गते विशेष पूजा गर्ने गरिएको छ।

    बस्तीपुरको बकियाठाकुर आधारभुत विद्यालय नजिक जहाज दुर्घटनामा परेको थियो। बकिया ठाकुरलाई सहयोगका निम्ति फाउण्डेसन खडा गरिएको थियो, जसले हाल देशभर आफ्नो सहयोग बिस्तार गरेको छ। विद्यालयको खेतमा निर्मित स्तुपमा राखिएको ताम्रपत्रमा सबै १४ मृतकको नामावली समावेश छ।

    ‘दुर्घटनामा निधन भएकी छोरीको सम्झनामा गाउँको विकास गर्ने सोच पलायो,’ शेर्पाले भन्नुभयो– छोरीको बिमाबाट आएको रकम गाउँको विकासमा लगायौं। शेर्पाले छोरीको निधनको शोकलाई शक्तिमा परिणत गर्न आफू समाजसेवामा क्रियाशील भएको बताउनुभयो। विद्यालयको जग्गामा मृतक विदेशी परिवारले जापानबाट ल्याएका चेरी ब्लोजम बिरुवा सोही वर्ष मंसिर २१ गते रोपेका थिए। मृतक युक्कीका बुबा टोसियाकी र आमा मीसाले बिरुवा रोपेका हुन्।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज चैत्र २९, २०८१ (अप्रिल ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    भारतमा पक्राउ परे दुर्गा प्रसाईं, नेपाल ल्याउने तयारीमा प्रहरी

    काठमाडौं, चैत्र २८ – तीनकुनेमा चैत्र १५ गते भएको उग्र प्रदर्शनका मुख्य योजनाकार दुर्गा प्रसाईं...

    धरानको जङ्गलमा मृत भेटिएकी महिलाको सनाखत, घटना रहस्यमय मोडमा

    धरान, चैत्र २८ – धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेकी...

    वार्ता र संवादद्वारा एकताको वातावरण बनाउन एनआरएन अभियन्ता शर्माको अपिल

    काठमाडौँ, चैत्र २८ – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माले बद्री...

    गोरखा–जीतगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा तय गरिने २०७ किमी दूरी

    चैत्र २८, गोरखा – नेपाली सेनाले गोरखा दरबारदेखि ऐतिहासिक जीतगढीसम्मको एकीकरण मार्गमा पदयात्राको तेस्रो संस्करण...