News Portal

श्रीमानको उपचारका लागि सहयोगको अपिल

१२३ पटक

रबिन्द्र बराल/मोरङ, मंसिर १६ – मोरङको कटहरी गाउँपालिका–२, आदर्श टोलमा बसेका सुर्यनारायण राजवंशी पछिल्लो दुई वर्षदेखि गम्भीर रोगसँग जुधिरहेका छन्। २० वर्षदेखि सोही ठाउँमा बसोबास गर्दै आएका उनले ३ वर्ष विदेशमा श्रम गरेर नेपाल फर्किएपछि केही गर्ने सपनासहित परिवारसँग सामान्य जीवन बिताइरहेका थिए।

स्वदेश फर्केपछि उनले कडा मेहनत गरेर कमाएको पैसाले ७ धुर जग्गामा घर निर्माण गरे र श्रीमती गायत्री देवी राजवंशीसँगै बसोबास गर्दै आएका थिए। आयको स्रोतका रूपमा उनले एउटा सिटी सफारी किनेर आफ्नो दुई परिवारको खर्च चलाइरहेका थिए।

तर २ वर्षअघि सामान्य स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि अस्पताल जाँदा चिकित्सकले उनको फोक्सोमा क्यान्सर रहेको बताए। त्यो खबरले परिवार एकदमै आत्तिएको सुर्यनारायणले सुनाए। नेपालदेखि भारतसम्म विभिन्न ठाउँमा उपचार गराए पनि रोग निको भएन, बरु उपचारमै ठूलो रकम खर्च भइसकेको छ।

उपचारका क्रममा आर्थिक संकट बढेपछि बिराटनगरस्थित मञ्जुश्री फायनान्स बैंकबाट घरजग्गा धितो राखी २० लाख रुपैयाँ ऋण लिए। तर अहिले उनी सो ऋणको ब्याज तिर्न पनि नसक्ने अवस्थामा पुगेका छन्। ब्याज बुझाउन नसक्ने स्थिति बनेपछि घरजग्गा लिलाम हुने चिन्ता थपिएको उनले बताए।

श्रीमती गायत्री राजवंशीका अनुसार घर बेचेर ऋण तिर्ने र श्रीमानको उपचार अघि बढाउने सोच भए पनि घरकाे उचित मूल्य नआएकाले बेच्न नसकिएको बताइन्। अहिले घर भाडाबाट उठ्ने थोरै रकमले दैनिकी खर्च र उपचार चलाइरहेका छन्। तर फाइनान्समा तिर्नुपर्ने ब्याज नबुझ्दा बैंकले घर लिलामी गर्न सक्ने स्थिति बनेको र त्यसले परिवारलाई थप तनावमा पारेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...