News Portal

धरानका मेयर हर्क साम्पाङ विवादमा:अभिव्यक्ति, गतिविधि र धार्मिक–जातीय तनाव उकासेको आरोप

२३९ पटक

धरान – धरानका मेयर हर्कराज साम्पाङको पछिल्ला गतिविधि र अभिव्यक्तिले स्थानीय समाजमा चर्को बहस र आलोचना उत्पन्न गरेको छ। विशेषगरी धार्मिक संवेदनशीलता, जातीय टिप्पणी र विवादास्पद बयानका कारण साम्पाङप्रति धेरै पक्षबाट प्रश्न उठाइएको छ।

स्थानीय नागरिकहरूको एक समूहले साम्पाङले “जाति–धर्म उचाल्ने राजनीति” गर्दै आएको आरोप लगाएका छन्। उनीहरूले साम्पाङले चुनाव जितेपछि ‘गोदाम’ भन्दै मन्दिर तथा चर्च नजिकै विवादित संरचना बनाएको, धार्मिक प्रतीक तथा पूजाआजाप्रतिको सम्मानमा कटौती भएकोजस्ता घटनाले समुदायमा असन्तोष बढाएको बताएका छन्।

सो समूहका अनुसार आदिवासी–जनजाति, मंगोलियन समुदायलगायत धरानमा बस्ने विविध समुदायले साम्पाङको प्रारम्भिक मिहिनेतको मनोभावलाई स्वीकार गरे पनि पछिल्लो “धार्मिक तथा जातीय आक्रामक अभिव्यक्ति” ले धेरैलाई निराश बनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिमा निर्माणसम्बन्धी प्रश्न सोध्दा साम्पाङले पशुपतिनाथ मन्दिरको प्रसङ्ग तेर्स्याएको घटना पनि आलोचनाको केन्द्र बनेको छ। आलोचकहरूले यो प्रतिक्रियालाई “अपरिपक्व” र “धार्मिक भावनालाई उछाल्ने” प्रयासको रूपमा व्याख्या गरेका छन्।

यस्तै, लक्ष्मीपूजाको दिन सार्वजनिक समारोहमा सहभागी नहुन खोजी किस्मसमा केक काट्न गएको घटना, राष्ट्रिय जनावर गाईबारे दिएका विवादास्पद भनाइ, मन्दिर नजिक चर्च निर्माणबारे चर्किएको विवादले साम्पाङप्रति असन्तुष्टि झनै बढाएको बताइन्छ।

कुनै समूहले त साम्पाङलाई “धर्म–जाति उकासेर देशलाई गलत दिशातर्फ धकेल्न सक्ने व्यक्ति” समेत बताउँदै आगामी चुनावमा सतर्क हुन आग्रह गरेका छन्। उनीहरूको आरोप छ।साम्पाङको “आन्तरिक सोच नै नस्लवादी” रहेको र निरन्तर यस्तो अभिव्यक्ति दिए चुनाव जितेपछि संघीय राजनीति स्तरमा अझ ठूलो विवाद सिर्जना हुन सक्ने सम्भावना रहेको।

सामाजिक सञ्जालमा पनि मेयर साम्पाङप्रति मिश्रित प्रतिक्रिया देखिएको छ। स्थानीय चुनावदेखि नै साम्पाङका समर्थनमा रहेका कतिपयले पछिल्ला घटनापछि आफैँ निराश भएको उल्लेख गरेका छन्।

हालका घटनाले  धार्मिक सद्भाव, सामाजिक संरचना र स्थानीय नेतृत्वको भूमिकाबारे नयाँ बहस सडकदेखि सामाजिक सञ्जालसम्म फैलिएको छ।

 

 

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...