News Portal

सरकार लगानी मैत्री वातावरण निर्माणमा लागिरहेको छ: मन्त्री सिन्हा

१९८ पटक

काठमाडौं, मंसिर १५ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सरकारले निजी क्षेत्रको विश्वास बढाउने र लगानी मैत्री वातावरण तयार गर्ने दिशामा सक्रिय काम गरिरहेको बताएका छन्।

सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २९औँ वार्षिक साधारण सभामा उनले भने, अर्थतन्त्रको मेरुदण्ड मानिने निजी क्षेत्रलाई मजबुत बनाउन, लगानीको सुरक्षा सुनिश्चित गर्न र लगानीको वातावरण सुधार गर्न सरकारले नीति र कार्यपद्धतिमा सुधार गर्दै आएको छ।

सिन्हाले वर्तमान सरकारले जेनजी आन्दोलनको भावना अनुसार सुशासनलाई प्राथमिकतामा राख्दै काम गरिरहेको पनि जानकारी दिएका छन्। मन्त्रीका अनुसार, “निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्ने, लगानी सुरक्षित गर्ने र वातावरण सुधार्ने हाम्रो प्रतिबद्धता मात्र होइन, यसतर्फ कार्यहरू पनि अघि बढिरहेका छन्। जेनजी आन्दोलनको मर्मलाई ध्यानमा राखेर सरकारले आफ्नो काम गरिरहेको छ।”

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...