News Portal

  • पालुङ्गोको सागले बढाउछ इम्युनिटी पावर, यस्ता छन् ६ फाइदा !

    पालुङ्गोमा क्यालोरी थोरै भएपनि पोषकतत्व भने धेरै हुन्छ। पालुङ्गोको सागमा क्याल्सियम, म्याग्नेसियम र आइरन पाइन्छ। यसको नियमित सेवनले छाला, कपाल र हड्डी बलियो हुन्छ।

    हिमालीसंचार संवाददाता
    ५०६ पटक

    काठमाडौँ – हरियो साग सबै भन्दा स्वस्थ्य खाद्य सामग्री मानिन्छ। बिरामी अवस्थामासमेत साग खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ। साग मध्ये पनि पालुङ्गोको साग “सुपरफुड” मानिन्छ। पालुङ्गोमा क्यालोरी थोरै भएपनि पोषकतत्व भने धेरै हुन्छ।

    पालुङ्गोको सागमा क्याल्सियम, म्याग्नेसियम र आइरन पाइन्छ। यसको नियमित सेवनले छाला, कपाल र हड्डी बलियो हुन्छ। यसको ६ फाइदा यस्तो छ:

    इम्युनिटी पावर बढाउछ !
    पालुङ्गोमा पाईने भिटामिन ‘ए’ ले स्वास प्रस्वासका बिरामीलाई राम्रो गर्छ। हरेक दिन सानो कचौराको एक कचौरा साग खाँदा इम्युनिटी पावर बढछ र शरीर फुर्तिलो हुन्छ।

    ब्लडप्रेशर कन्ट्रोल !
    पालुङ्गोमा उच्च मात्रामा पोटाशियम पाइन्छ। ब्लडप्रेशर उच्च भएकाहरुलाई यसको सेवनले ब्लडप्रेशर सन्तुलनमा ल्याउन काम गर्छ। पोटाशियमले शरीरमा भएको सोडियमको मात्रा कम गराउन भुमिका खेल्छ।

    क्यान्सर हुनबाट जोगाउछ !
    पालुङ्गोमा हुने जक्सथिन र केरोटीनोडले शरीरमा हुने बिकारयुक्त तत्वलाई बाहिर निकाल्न सघाउ पुर्याउछ। शरीरमा उत्पादन हुने रेडिकल्सले क्यान्सरको जन्म गराउन सक्छ। पालुङ्गोले ति तत्वलाई बाहिर निकालिदिन्छ।

    हड्डी मजबुत बनाउछ ! 
    पालुङ्गोमा हुने भिटामिन ‘के’ हड्डीका लागि निकै राम्रो मानिन्छ। एक कचौरा पालुङ्गोमा २५० मिलिग्राम क्याल्सियम पाइन्छ। नियमित पालुङ्गो खाँदा दाँतको समस्या हुँदैन भने हड्डी भाँचिने सम्भावना पनि कम हुन्छ।

    आँखाका लागि ! 
    पालुङ्गोमा पाईने एण्टीअक्सीडेण्ड आँखाका लागि निकै राम्रो मानिन्छ। मोतिबिन्दुलगायत आँखामा लाग्ने अन्य समस्या समाधानमा पनि पालुङ्गोले भुमिका खेल्छ। पालुङ्गोमा पाईने भिटामिन ‘ए’ ले आँखाको झिल्लीलाई मजबुत बनाउछ।

    वजन घटाउन !
    यदि तपाई आफ्नो वोजन कम गराउन चाहनुहुन्छ भने, नियमित पालुङ्गो खानुस् ठिक हुन्छ। यसमा क्यालोरी कम हुने र फाइबरको मात्रा बढी हुने भएकाले पनि मोटो मान्छेका लागि फलदायी हुन्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेतमा विषाक्त मदिरा घटनाका पीडितबाट अंगदान, धेरैको जीवन बच्यो

    काठमाडौं, भदौ १७ – कुवेतमा विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाएका पीडितहरूका अंग संकलन गरी...

    गोंगबुमा ७७ वर्षीय वृद्ध करिब ४ करोडसहित पक्राउ

    काठमाडौं, भदौ १७ – काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित आफ्नै घरबाट ७७ वर्षीय विनोदकुमार श्रेष्ठ करिब चार...

    रुपन्देही–३ मा राप्रपाले प्राइमरी इलेक्सनमार्फत उम्मेदवार छान्ने

    काठमाडौं, भदौ १७ – रुपन्देही–३ को आगामी उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्तरिक...

    आईरन पानी खानुपर्ने र कक्षामा पंखा नहुदा किताब कापीले हम्केर पढ्नुपर्ने बाध्यता कहिले सम्म?

    रबिन्द्र बराल/ मोरङ, भदौ १७ – मोरङको रतुवामाई नगरपालिका वडा नम्बर २ स्थित डोरिया आधारभूत विद्यालयका...

    सर्वोच्च अदालतमा प्रधानमन्त्री ओलीविरुद्धको रिटको पूर्ण सुनुवाइ हुने

    काठमाडौं, भदौ १७ – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारको वैधतामाथि उठाइएको रिटलाई...