News Portal

रुपन्देही–३ मा राप्रपाले प्राइमरी इलेक्सनमार्फत उम्मेदवार छान्ने

२३९ पटक

काठमाडौं, भदौ १७ – रुपन्देही–३ को आगामी उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्तरिक प्राथमिक निर्वाचनमार्फत उम्मेदवार छान्ने भएको छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मंगलबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको संसदीय समितिको बैठकले आकांक्षी नेताहरुबीच प्राइमरी इलेक्सन गर्ने निर्णय गरेको हो। प्रवक्ता मोहन श्रेष्ठका अनुसार यसलाई नयाँ कार्ययोजना अनुसारको अभ्यासका रुपमा अघि सारिएको हो।

निर्णयअनुसार प्रारम्भिक निर्वाचन चाँडै गरिनेछ र यसको सम्पूर्ण तयारी रुपन्देही उपनिर्वाचन परिचालन समितिले गर्नेछ।

मतदानका लागि रुपन्देही–३ का प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा (क) र (ख) कार्यसमिति, उपमहानगर, नगर, गाउँपालिका तथा वडा कार्यसमिति, साथै जिल्ला र प्रदेश कार्यसमिति, भातृ संगठनका सदस्य तथा सक्रिय सदस्यसमेत रहनेछन्।

यसरी पहिलोपटक राप्रपाले उम्मेदवार छनोट प्रक्रिया खुला र आन्तरिक प्रतिस्पर्धामार्फत अघि बढाउने भएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...

अनुहार फेरि फेरि षडयन्त्र नगरौं !

– कमला थापा २०८२ फाल्गुन २५ गते सोमबार। “अनुहार फेरि-फेरि षडयन्त्र नगरौं” उक्त भनाइ श्री...

आज २०८२ साल फागुन २५ गतेको राशिफल

आज फागुन २५, २०८२ ( मार्च ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...