News Portal

लेखकको स्पष्ट भनाइ: नेपाल–भारत–चीन सम्बन्धमा भूभाग विषयमा प्रष्टता

३५१ पटक

वीरगन्ज, भदौ १६ – गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग भएको स्पष्ट पारेका छन्। उनले नेपालका छिमेकी मित्रराष्ट्रहरूले यसलाई लिएर चित्त दुखाउनु नपर्ने बताए।

नेपाल प्रेस युनियन पर्साले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले भारत र चीनले लिपुलेकलाई द्विपक्षीय व्यापारिक नाका बनाउने सम्झौतालाई लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाउनु सही भएको बताए।

उनले भने, “लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो। हामीले हाम्रो भूमि हाम्रो हो भनेर भन्नु कुनै देशसँगको सम्बन्ध बिग्रिने कारण होइन। मित्रराष्ट्र भारत र चीनले पनि यसमा चित्त दुखाउनु आवश्यक छैन। हाम्रो भूमि हाम्रो हो र यसमा हामी स्पष्ट छौँ।”

साथै, उनले नेपालले आफ्नो भूभाग कुनै पनि राष्ट्रको विरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता पनि दोहोर्याए।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...