News Portal

  • २१ लाख कमिशनमा सेनेटरी प्याड खरिद

    हिमाली संचार संवाददाता
    ४९३ पटक

    २०७७ साउन ९, शुक्रबार
    दैलेख – विद्यालय आफैले खरिद गर्नुपर्ने सेनेटरी प्याडमा दैलेखको नारायण नगरपालिकाले आफै खरिद गरेको छ। कमिशनको खेलमा नगरपालिका शिक्षा शाखाले रारा मेडिसिन सप्लार्यस सुर्खेतबाट सुचना र कोटेशनविना विद्यालयको नाममा खरिद गरेको हो।

    फ्रिज जाने भन्दै असारमसान्तमा नगरपालिकाले विद्यालयमा किशोरीहरुका लागि आवश्यक सेनेटेरी प्याड खरिदका लागि नारायण नगरपालिकाको १७ विद्यालयमा २१ लाख ७९ हजार रुपैँया जम्मा गरेको थियो। साउन लागेसंगै नारायण नगरपालिका शिक्षा शाखाले कमिशन पाउने लोभमा प्रतिस्पर्धाविनै सुर्खेतको एक सप्लायर्सबाट खरिद गरेको हो।

    सामानसंगै सप्लायर्सले विद्यालयपिच्छे सेनेटरी प्याट र विलहरु पठाएपछि दैलेखका विद्यालयहरुले असहमती जनाएका हुन्। नारायण नगरपालिकाभर रहेका ६ देखी १२ कक्षासम्म पढ्ने छात्राहरुका सेनेटरी प्याड खरिदको कार्यक्रम गर्त आर्थिक वर्षमा नगरपालिकामा आएको थियो।

    सेनेटरी प्याड खरिदका लागि पैसा विद्यालयको खातामा रहेपनि नगरपालिकाले सेनेटरी प्याट किनेर विद्यालयमा एक्कासी ल्याएर भुक्तानी सप्लायर्सले मागेको त्रिभुवन माध्यमिक विद्यालय दैलेख बजारमा प्रधानाध्यापक निरक तारामीले बताए। ‘विद्यालयले कोटेशन तथा सुचना निकालेर खरिद गर्ने कार्ययोजना रहेको थियो।’

    प्रधानाध्यापक तारामीले भने, नगरपालिकाले सामान ल्याएको छ। अव, के गर्ने गाह्रो भयो।’ सामान विद्यालयमै पठाएर भुक्तानीका लागि विक्रेता आउने गरेको विद्यालयका एक प्रधानाध्याकले गुनासो गरे।

    सामान खरिदको लागि विद्यालयको खातामा पैसा पठाईएकोले विद्यालयले नै सेनेटरी प्याड खरिद गर्नुपर्ने नारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल नेपालीले बताए। खरिदबारे आफुहरुलाई थाहा नभएको तर, नगरपालिकाले खरिद गरेर विद्यालयमा पठाउन नमिल्ने प्रमुख प्रशासकिय अधिकृत नेपालीको भनाई छ।

    सवै प्रअहरुलाई नगरपालिकामा बोलाएर शिक्षा शाखा प्रमुख हिमालयजंग शाहले नगरपालिकाबाटै खरिद गरेर विद्यालयमा उपलब्ध गराउने बताएको एक प्रधानाध्यापकले नाम नछाप्ने शर्तमा बताए। मोटो कमिशनको लोभमा सवै विद्यालयको सामान नगरपालिका मार्फत किनिएको भन्दै अहिले विद्यालयहरुले विरोध गरेका छन्।

    २१ लाख ७९ हजार रुपैँयामा १७ विद्यालयका लागि कम्पनीसंग आफुहरुले कुरा गरेर मगाईदिएको नारायण नगरपालिका शिक्षा शाखा प्रमुख हिमालयजंग शाहीले बताए। उनले भने, ‘सजिलो होस् भनेर सामान मगाएपनि विद्यालयले किन्ने या नकिन्ने निर्णय स्वयम लिन सक्छ।’

    पैसा फ्रिज हुन लागेकाले आफुहरुले कोटेशन नलिई एउटा कम्पनीबाट मगाएको शाहीले बताए। निम्न माध्यमिक विद्यालयहरुमा ४० हजारदेखी माध्यमिक विद्यालयमा १ लाख ५० हजारसम्म सेनेटरी प्याड किन्नको लागि नगरपालिकाले पैसा पठाएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पूर्व विद्यार्थी मञ्चद्वारा हाजिरी जवाफ सम्पन्न

    रविन्द्र बराल/ मोरङ, साउन २४ – पूर्व विद्यार्थी मञ्चले रङ्गेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत...

    आज २०८२ साल साउन २४ गतेको राशिफल

    आज साउन २४, २०८२ (अगस्त ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ७ बुँदे सहमतिमा बहुबिबाह गर्न पाउनुपर्छ भन्ने सहमति थियो ? – कमला थापा

    २०८२ साउन २३ गते। नेपाली कांग्रेस र एमालेको दुईतिहाइ गठबन्धन सरकार बनाउने ७ बूंदे सहमति...

    कल्याणपुरका मेयर राम पुकार साहविरुद्ध एक लाख घुस प्रकरणमा भ्रष्टाचार मुद्दा

    काठमाडौं, साउन २३ – सिरहाको कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साह तेली एक लाख रुपैयाँ...

    पूर्व स्वास्थ्य राज्यमन्त्री बस्यालको ६७ वर्षको उमेरमा निधन, कांग्रेस सभापति देउवाबाट श्रद्धाञ्जली

    काठमाडौँ, साउन २३ – नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालको आज...