News Portal

अमनप्रताप अधिकारीको प्रतिक्रिया — “अपशब्द बोलेँ, तर आगजनी गरेको छैन”

१६६ पटक

काठमाडौं, कार्तिक १० – निर्देशक अमनप्रताप अधिकारीले संसद् भवनमा आगजनी गरेको आरोप अस्वीकार गर्दै आफूले केवल आक्रोशका क्षणमा अपशब्द बोलेको स्पष्ट पारेका छन्।

भदौ २४ गते संसद् भवनमा आगलागी भएको दिन उनले बोलेको भिडिओ भाइरल भएपछि सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै अधिकारीले भने, “भदौ २३ मा मेरो आँखाअगाडि स्कुल ड्रेस लगाएका चार विद्यार्थीहरू गोली हानी मारिए। त्यो दृश्यले मलाई गहिरो पीडा दियो र त्यसकै असरमा मैले अपशब्द बोलेँ।”

उनका अनुसार ती शब्दहरू व्यक्तिगत होइन, संसद् भवनभित्रबाट गोली चलाउने सरकार र त्यसका नेतृत्वविरुद्ध थिए। उनले भने, “जसले गोली चलाउने आदेश दियो, मेरो शब्द उनीहरूलाई लक्षित थियो, सर्वसाधारणलाई होइन।”

अधिकारीले आफूले कुनै पनि सरकारी वा निजी संरचना जलाएको प्रमाण देखाउन चुनौती दिए। “सिंहदरबार, अदालत वा अरू कुनै घर जलाएको प्रमाण छ भने देखाउनुस्, म जेल जान तयार छु,” उनले भने।

भ्रष्टाचारविरुद्धको लडाइँ अझै जारी रहेको बताउँदै उनले जेनजी आन्दोलनलाई समर्थन गर्ने आफू र अरू युवाहरूले सरकारलाई चेतावनी दिएको पनि स्मरण गराए।

अधिकारीले सामाजिक सञ्जालमा भदौ २३ का विद्यार्थी हत्या सम्बन्धी सामग्रीहरू मेटिँदै गएको भन्दै चिन्ता व्यक्त गरे। उनले भने, “एकवटा भवन जल्नुभन्दा ठूलो कुरा ती चार निर्दोष विद्यार्थीको ज्यान गुम्नु हो। त्यो कहिल्यै बराबरी हुन सक्दैन।”

उनले अन्त्यमा थपे, “अपशब्द सुन्दा कसैलाई असजिलो लागेको हुन सक्छ, त्यसका लागि म माफी माग्छु। तर जसविरुद्ध बोलेँ, त्यहीँका कारण निर्दोष मरेका थिए, त्यसमा पछुतो छैन।”

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा...

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...