News Portal

नेपालमा भारतीय समाचार लगायतका च्यानल बन्द

हिमाली संचार संवाददाता
४३३ पटक
२०७७ आषाढ २५, बिहिवार

काठमाण्डौ । नेपालमा भारतीय समाचार च्यानलहरुको प्रशारण बन्द गरिएको छ। च्यानल वितरक कम्पनीहरुले भारतीय समाचार च्यानलको प्रशारण आजै साँझदेखि बन्द गरेका हुन्।

चीनसँग जोडेर नेपालका बारेमा अतिरञ्जित सामग्री प्रशारण गरेको भन्दै कम्पनीहरुले स्वतःस्फूर्त रुपमा त्यस्ता च्यानलको प्रशारण बन्द गर्ने निर्णय गरेको म्याक्स टेलिभिजनका उपाध्यक्ष ध्रुव शर्माले जानकारी दिएका हुन् ।

‘हामी अपरेटरहरुले सल्लाह गरेर हाम्रो राष्ट्रियतामा धावा बोल्ने भारतीय समाचार च्यानलको प्रशारण बन्द गरेका हौँ’ शर्माले भने ‘हामीलाई सरकार वा कुनै निकायले निर्देशन वा दवाव दिएको होइन।’

म्याक्सले करिब २० वटा भारतीय च्यानलको प्रशारण रोकेको उनले जानकारी दिए। म्याक्ससहित डिसहोम लगायत ८/९ वटा वितरक कम्पनीहरुले भारतीय समाचारका च्यानलको प्रशारण बन्द गरेको उनले बताए। 

आफूहरुले भारतीय समाचार च्यानलको प्रशारण बन्द गरे पनि इन्टरनेटमार्फत अहिले नेपालविरुद्धका अतिरञ्जित सामाग्रीहरु सर्वसाधारणले हेर्न सक्ने भएकाले यस सम्वन्धमा राज्य पनि गम्भीर हुनुपर्ने शर्माकाे भनाई छ।

उनका अनुसार मनोरञ्जन तथा खेलकुदका भारतीय च्यानलको प्रशारण भने यथावत रहनेछ। सबैजसो च्यानल वितरक कम्पनीहरु भारतीय समाचार च्यानलको प्रशारण रोक्न सहमत भएको उनको भनाइ छ। रासस 

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...