News Portal

दुर्गा प्रसाईंको मध्यराति गिरफ्तारीप्रति संयुक्त जनआन्दोलन समितिको कडा आपत्ति

१९६ पटक

काठमाडौँ, मंसिर ३ – दुर्गा प्रसाईंलाई मध्यराति घरबाटै पक्राउ गरिएको घटनाप्रति संयुक्त जनआन्दोलन समितिले कडा आपत्ति जनाएको छ। समितिका अनुसार मंसिर २ गते राति करीब १२:३० बजे गरिएको प्रहरी कारबाही जनअपेक्षासँग मेल नखाने र लोकतान्त्रिक अभ्यासविपरीत देखिन्छ।

समितिले जारी गरेको विज्ञप्तिमा जेन्जी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारबाट सुशासन र कानूनी शासनको अपेक्षा गरिएको तर पछिल्ला गतिविधिले निराशा थपेको उल्लेख छ। प्रसाईंको मध्यराति गिरफ्तारीलाई समितिले दुःखद र निन्दनीय भनेको छ।

विज्ञप्तिमा मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण सभा–जुलूसको हकलाई सम्मान गर्न सरकारलाई आग्रह गरिएको छ। साथै प्रसाईंलाई बिनाशर्त तुरुन्त रिहा गर्न माग गरिएको छ।

समितिको चेतावनी अनुसार यसरी संवेदनशील कदम चालिँदा समाजमा असहजता र तनाव बढ्न सक्छ र यसको जिम्मेवारी सरकारकै हुने छ। समितिका संयोजक नवराज सुवेदीले बुधबार विज्ञप्ति जारी गर्दै प्रसाईंको तत्काल रिहाइ माग गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...