News Portal

दुर्गा प्रसाईंको मध्यराति गिरफ्तारीप्रति संयुक्त जनआन्दोलन समितिको कडा आपत्ति

१६१ पटक

काठमाडौँ, मंसिर ३ – दुर्गा प्रसाईंलाई मध्यराति घरबाटै पक्राउ गरिएको घटनाप्रति संयुक्त जनआन्दोलन समितिले कडा आपत्ति जनाएको छ। समितिका अनुसार मंसिर २ गते राति करीब १२:३० बजे गरिएको प्रहरी कारबाही जनअपेक्षासँग मेल नखाने र लोकतान्त्रिक अभ्यासविपरीत देखिन्छ।

समितिले जारी गरेको विज्ञप्तिमा जेन्जी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारबाट सुशासन र कानूनी शासनको अपेक्षा गरिएको तर पछिल्ला गतिविधिले निराशा थपेको उल्लेख छ। प्रसाईंको मध्यराति गिरफ्तारीलाई समितिले दुःखद र निन्दनीय भनेको छ।

विज्ञप्तिमा मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण सभा–जुलूसको हकलाई सम्मान गर्न सरकारलाई आग्रह गरिएको छ। साथै प्रसाईंलाई बिनाशर्त तुरुन्त रिहा गर्न माग गरिएको छ।

समितिको चेतावनी अनुसार यसरी संवेदनशील कदम चालिँदा समाजमा असहजता र तनाव बढ्न सक्छ र यसको जिम्मेवारी सरकारकै हुने छ। समितिका संयोजक नवराज सुवेदीले बुधबार विज्ञप्ति जारी गर्दै प्रसाईंको तत्काल रिहाइ माग गरेका छन्।

प्रतिकृया दिनुहोस्

महाप्रसाद वितरण गर्दै मनाइयो मारवाडी युवा दिवस

रंगेली (मोरङ)- मारवाडी युवा दिवसको अवसरमा रंगेली–७ स्थित मुख्य बजारमा रहेको श्री काली मन्दिरमा शनिबार...

बुद्ध एयरको विमान भद्रपुरमा रनवे नाघ्यो, चालक दलसहित ७ घाइते

काठमाडौ -काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ रहेको विमान राति करिब ९ः१० बजे...

आज २०८२ साल पुष १९ गतेको राशिफल

आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...