News Portal

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

५१७ पटक

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा आशिमलाँ ल्होसारको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ। गुरुङ समुदायले प्रत्येक वर्ष पुष १५ गते मनाउने तामु ल्होसार गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइन्छ।

गुरुङ भाषामा ‘तमुले गुरुङ समुदायलाई जनाउँछ भने ‘ल्होसार’ को अर्थ नयाँ वर्ष हो। तामु ल्होसारले नयाँ वर्षको सुरुवातसँगै सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परालाई झल्काउँछ। यस दिन गुरुङ समुदायले अघिल्लो वर्ग (ल्हो) लाई विदाई गर्दै नयाँ ल्हो को स्वागत गर्ने चलन रहेको छ।

कार्यक्रम ङ्यो नासा ट्हो तमु समाजकी अध्यक्ष बिमला गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा समाजका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उपाध्यक्ष होमबहादुर गुरुङ, कोषाध्यक्ष ललित गुरुङ, प्रमुख सल्लाहकार चन्द्रप्रसाद गुरुङ, आमा समूहकी अध्यक्ष मञ्जु गुरुङ, उपाध्यक्ष जमुना गुरुङ र उपसचिव निशा गुरुङलगायत सहभागी थिए।

ल्होसारको अवसरमा विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरिएका थिए। बच्चाहरूका लागि चम्चा रेस, ठेला हान्ने, घैटो फुटाइ तथा भाग्यमानी चिठ्ठा सञ्चालन गरिएको थियो। चम्चा रेसमा विधान गुरुङ प्रथम र नाइशा गुरुङ दोस्रो भए। ठेला हान्ने खेलमा ४० वर्ष माथि समूहमा सेनप्रसाद गुरुङ प्रथम र यमबहादुर गुरुङ दोस्रो भए भने ४० वर्षमुनि समूहमा विशाल गुरुङ प्रथम र अरुण गुरुङ दोस्रो स्थानमा रहे। घैटो फुटाइ खेलको उपाधि समाजकी अध्यक्ष बिमला गुरुङले हात पारिन्।

यस पर्वलाई गुरुङ समुदायले आफ्नो भाषा, संस्कृति र पहिचान संरक्षण तथा पुस्तान्तरण गर्ने महत्वपूर्ण अवसरका रूपमा लिँदै आएका छन्।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...