News Portal

बंगलादेशको ढाका अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी

२९९ पटक

काठमाडौं – बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो खण्डमा शनिबार आगलागी भएकाे छ।

बंगलादेशको अग्रणी पत्रिका द डेली स्टारका अनुसार आगो निभाउन ३६ वटा दमकल युनिट खटाइएको छ।

पत्रिकाले अग्नि सेवा स्रोतलाई उद्धृत गर्दै दिउँसो विमानस्थलको गेट नम्बर आठ नजिकै कार्गो खण्डमा आगलागी भएको भनेको छ।

यसैबीच इन्टर–सर्भिसेज पब्लिक रिलेसन्सका अनुसार बंगलादेश नागरिक उड्डयन प्राधिकरण, बंगलादेश अग्नि सेवा, बंगलादेश नौसेना र बंगलादेश वायुसेनाको दुई दमकल एकाइ आगो निभाउनमा संलग्न छन्।

यसबाहेक सीमा रक्षक बंगलादेशका दुई प्लाटुन पनि राहत र उद्धार कार्यमा सामेल भएका छन्।

ढाका विमानस्थल स्रोतले द डेली स्टारलाई बताएअनुसार विमानस्थलमा अवतरण गर्ने तय भएका कम्तीमा पाँच उडानलाई चटगाउँको शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थल र सिल्हेटको उस्मानी अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...