News Portal

बंगलादेशको ढाका अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी

४२० पटक

काठमाडौं – बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो खण्डमा शनिबार आगलागी भएकाे छ।

बंगलादेशको अग्रणी पत्रिका द डेली स्टारका अनुसार आगो निभाउन ३६ वटा दमकल युनिट खटाइएको छ।

पत्रिकाले अग्नि सेवा स्रोतलाई उद्धृत गर्दै दिउँसो विमानस्थलको गेट नम्बर आठ नजिकै कार्गो खण्डमा आगलागी भएको भनेको छ।

यसैबीच इन्टर–सर्भिसेज पब्लिक रिलेसन्सका अनुसार बंगलादेश नागरिक उड्डयन प्राधिकरण, बंगलादेश अग्नि सेवा, बंगलादेश नौसेना र बंगलादेश वायुसेनाको दुई दमकल एकाइ आगो निभाउनमा संलग्न छन्।

यसबाहेक सीमा रक्षक बंगलादेशका दुई प्लाटुन पनि राहत र उद्धार कार्यमा सामेल भएका छन्।

ढाका विमानस्थल स्रोतले द डेली स्टारलाई बताएअनुसार विमानस्थलमा अवतरण गर्ने तय भएका कम्तीमा पाँच उडानलाई चटगाउँको शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थल र सिल्हेटको उस्मानी अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...