News Portal

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

२१५ पटक

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक मोडमा पुगेको छ। पार्टी संरक्षक कुलमान घिसिङ समेत उपस्थित रहेको बैठकमा अचानक सुदन गुरुङ प्रवेश गर्दै ‘फेरि मिल्नुपर्छ’ भन्दै पुनः छलफलको आग्रह गरेपछि अवस्था तनावपूर्ण बन्दै गएको थियो।

फाइनल सूची तयार भइरहेका बेला पुनः वार्ता गर्न अनिच्छुक देखिएका घिसिङलाई सुदनले हात समातेर बाहिर लैजाँदा उनी बैठकबाट बाहिरिन बाध्य भएका थिए।

पार्टीका एक केन्द्रीय सदस्यका अनुसार उज्यालो नेपाल पार्टीले ११० जनाको समानुपातिक अन्तिम सूची तयार गरिसकेको छ। सूची बुझाउने अन्तिम म्याद आजै रहेकाले प्रतिनिधिहरू निर्वाचन आयोगतर्फ सक्रिय छन्। शुल्क बुझाएर निस्सा लिइसकिएको भए पनि सूची भने अझै बुझाइएको छैन।

यसैबीच कमलपोखरीमा रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र कुलमान घिसिङबीच अन्तिम छलफल जारी छ। वार्ताको निष्कर्षकै आधारमा सूची आयोगमा बुझाउने वा नबुझाउने टुंगो लाग्ने बताइएको छ

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...