News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • सभामुख बनाउने निर्णय गर्नुस, नगरे चुनावी प्रक्रिया थाल्छु – उपसभामुख तुम्बाहाम्फे

    हिमाली संचार संवाददाता
    ४११ पटक

    फाइल तस्वीर

    पौष २६, काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाम्फेले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई संयुक्त रुपमा भेट गरेका छन् ।

    तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १५ गत्ते राजीनामा दिए पछि संसदले नयाँ सभामुख पाउन सकेको छैन। उनी असोज १९ पक्राउ परेपछि पुर्वपक्षका लागि थुनामा छन्। नेकपा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ र संसदीय दलका प्रमुख सचेतक देव गुरूङले तुम्बाहाम्फेले राजीनामा नदिएका कारण सभामुख चयनको प्रक्रिया अगाडी बढ्न नसकेको प्रतिक्रियाको उपसभामुख तुम्बाहाम्फेले श्रेष्ठ र गुरूङको अभिव्यक्ति प्रति समेत आपत्ति जनाउदै सभामुखले गरेको गल्तीको दोष आफुले नलिने बताएकी हुन्। 

    भेटमा आफुले राजीनामा नदिने स्पष्ट बताउदै विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय रहेको, अध्ययन-अध्यापन सक्रिय रहेको, २०३५/०३६ सालको विद्यार्थी आन्दोलन पछि अनेरास्ववियुको उपाध्यक्ष भएको, युवासंघ र महिला संघमा रहेर काम गरेको, कानुन व्यवसायी बनेको, उपप्रध्यापक रहेको, पिएचडी गरेको, उपसभामुख भएर सफलतापूर्वक काम गरीरहेको दर्जनौ क्षमता पेश गर्दै उनी सक्षम रहेको स्पष्ट बताएका हुन्।

    अध्यक्षद्वय ओली र प्रचण्डलाई भेटेकी उनले स्पष्ट भनेकी छिन, ‘भोलिसम्म समय छ, सभामुख बनाउने निर्णय गर्नुस् । नभए म संसद चलाउँछु र सभामुख निर्वाचनको प्रक्रिया अगाडि बढाउँछु। उच्चश्रोतका अनुसार जवाफमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले राजीनामा दिन आग्रह गरेका थिए। अर्का अध्यक्ष प्रचण्डले ‘जो सभामुख बन्ने भए पनि यो पद नेकपामा राखिराख्न तपाईले उपसभामुखबाट राजीनामा दिनुपर्छ’ भनेका थिए।

    अहिले एकातिर तुम्बाहाङफेले राजीनामा नगर्ने अडान लिइरहेकी छन् भने अर्कातिर नेकपाभित्र पनि सभामुखका लागि सहमति जुट्न सकेको छैन। प्रधामन्त्री ओलीले पूर्वसभामुख सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने नेकपाका अर्का अध्यक्ष प्रचण्डले अग्नि सापकोटालाई सभामुख बनाउन चाहेका छन्। यसैबीच नेकपाले आज अपराह्न ४ बजेका लागि सचिवालयको बैठक बोलाएको छ। बैठकमा सभामुख चयनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख ११, २०८२ (अप्रिल २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    संतुलित कुटनैतिक संम्बन्ध आजको आबश्यकता

    अस्थिर राजनीतिले निम्त्याएको संकटमा देश दिनप्रतिदिन खस्किदो अबस्थामा पुग्यो। जनगुनासो सुन्ने नैतिक जिम्मेवारी, जन-उत्तरदायी नभएको...

    पहलगाम आतंकी हमला : लस्कर-ए-तोयबाका तीन आतङ्ककारीको नाम खुले

    काठमाडौं, वैशाख १० – भारतको जम्मु कश्मीरस्थित पर्यटकीय क्षेत्र पहलगाममा वैशाख ९ गते भएको आतङ्कवादी...

    एनआरएनएको एकता महाधिवेशनमा डेलिगेट बन्न ३,१८१ जनाको आवेदन, प्रमाणीकरण प्रक्रिया तीव्र

    काठमाडौँ, वैशाख १० — गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी एकता महाधिवेशनका लागि डेलिगेट बन्न...

    धरान ११ मा विकासको विवाद: नगरप्रमुख साम्पाङसहित तीन जनाविरुद्ध उजुरी

    धरान, वैशाख १० – धरान उपमहानगरपालिका–११ मा बाटो र ढल निर्माणको विषयलाई लिएर चर्किएको विवादले...