News Portal

अब एक्सनको समय आयो : शेष घले

हिमालीसंचार संवाददाता
४३० पटक

काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घलेले अप्रिल ७, २०२५ भित्र सदस्यता लिएर संस्थागत सुधारको अभियानमा सहभागी हुन आग्रह गरेका छन्।

सञ्चारकर्मीहरूसँग भर्चुअल कुरा गर्दै घलेले मे ३–५, २०२५ मा काठमाडौँमा हुन लागेको महाधिवेशन ऐतिहासिक अवसर भएको बताउँदै यसमा सबैलाई समेट्नका लागि प्रयास पनि भइरहेको जानकारी दिए। उनले महाधिवेशनमार्फत संस्थालाई नयाँ दिशा दिन, विधान सुधार गर्दै आवश्यक दस्ताबेज तयार पार्नुपर्ने अहिलेको आवश्यकता रहेको प्रस्ट पारे।

अहिले उच्चस्तरीय समितिले सदस्यताको म्याद थप गर्दै डेलिगेट्सका लागि पनि आवेदन खुला गरेको उनले जानकारी दिए। अर्को समूहले एमआइएस सिस्टममा ‘डेटा व्रिच’ गरेकाले उच्चस्तरीय समितिले सदस्यता भर्ने म्याद ७ तारिखसम्म थप गरेको उनले बताए। यसैगरी, अप्रिल २२ तारिखसम्म डेलिगेट्सका लागि आवेदन खुला गरेको बताउँदै महाधिवेशनको मिति अब नसर्ने उनले प्रस्ट पारे।

‘महाधिवेशनमा सहभागिता आवश्यक छ। सहभागिता नभए केही अर्थ रहँदैन। सदस्य बन्ने समय अझै चार–पाँच दिन बाँकी छ। सदस्यता लिएर नेतृत्वमा आउनुस्, उम्मेदवार बन्नुस्, जित्नुस्, अनि संस्थालाई अगाडि बढाउनुस्। तर समय कम छ, अप्रिल ७ पछि मौका पाइँदैन, त्यसैले सात तारिख भित्रै सदस्यताको निवेदन दिन विशेष रूपमा म आग्रह गर्छु,’ घलेले भने।
उनले एनआरएनएमा देखिएको विभिन्न समस्या समाधान गर्न र संस्थागत सुधार गर्न पनि अहिलेको महाधिवेशन महत्त्वपूर्ण रहेको प्रस्ट पारे।

‘संस्थागत सुधार गरेर, सबै कुरा लिखित रूपमा व्यवस्थित राख्नुपर्छ। यस्तो अवसर बारम्बार आउँदैन।’ अहिले सम्म एमआइएस (सदस्यता सूचना प्रणाली) हामीलाई नदिएकाले नै उच्चस्तरीय समितिले छुट्टै वेबसाइटबाट सदस्यता आह्वान गरेको र यसमा उत्साहजनक सहभागिता रहेको उनले बताए।

‘यो परमादेश हो, वैधानिक हो। परराष्ट्र मन्त्रालयले हामीलाई नै वैधानिकता दिन्छ। हामी त परमादेश कार्यान्वयन गर्ने गरी काम गरिरहेकाले यसमा दुबिधा मान्नुपर्ने अवस्था नै मैले देख्दैन’ घलेले भने।

उनले एनआरएनएको प्राथमिक उद्देश्य नीतिगत बहसमा केन्द्रित भएर काम गर्नु पर्नेमा कता कता नमिलेको जस्तो देखिएको बताए। उनले सङ्घलाई व्यक्तिगत वा व्यापारिक स्वार्थका लागि प्रयोग गर्न नहुने कुरामा आफू पनि सचेत रहेको र अब आउने नेतृत्वले पनि त्यस्तो नगर्ने उल्लेख गरे।

‘संस्थालाई व्यापारिक स्वार्थका लागि प्रयोग गरियो भने यसले बाटो बिराउँछ। यो संस्था नयाँ पुस्ताका लागि उपयुक्त हुनुपर्छ। म यसलाई दीर्घकालीन दृष्टिकोणले हेरिरहेको छु। यो गम्भीर विषय हो। हाम्रो समय, स्रोत र ऊर्जा खेर जानु हुँदैन। त्यसैले संस्थालाई सुधार गरेर अघि बढाउनु आवश्यक छ।’

उनले सुधारको प्रक्रिया थालनी भइसकेको भन्दै अब हतोत्साहित नहुन सबैलाई अपिल पनि गरेका छन्।

‘आत्ती हाल्ने स्थिति होइन। सुधार गर्नका लागि हामीले पहल गरिरहेका छौँ। सदस्यता लिन, नेतृत्व गर्न र संस्थागत सुधारमा जोड दिन सबै म गैर आवासीय नेपालीलाई आग्रह गर्छु,’ घलेले भने।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १८ गतेको राशिफल

आज फागुन १८, २०८२ ( मार्च २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल फागुन १७ गतेको राशिफल

आज फागुन १७, २०८२ ( मार्च १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ड्रोन आक्रमणबाट कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य क्षति, अवस्था नियन्त्रणमा

कुवेत। कुवेत अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी ड्रोन आक्रमण भएको घटनामा केही कर्मचारीहरू सामान्य रूपमा घाइते...

युवा शक्ति कुवेतद्वारा नेपाल मानव सेवा संस्थाका बालबालिकालाई सहयोग

काठमाडौँ — युवा शक्ति कुवेतको आयोजनामा नेपालस्थित नेपाल मानव सेवा संस्थामा आश्रित बालबालिकाहरूका लागि बिहानको...

प्रधानमन्त्रीलाई भेट्न नसकेपछि ‘प्रधानमन्त्री हराएको’ सूचना वितरण

काठमाडौं । जनआन्दोलनपछि प्रधानमन्त्री बनेका सुशील कार्कीलाई भेट्न नसकेपछि एक युवाले अनौठो तरिकाले असन्तुष्टि सार्वजनिक...