News Portal

पहलगाम आतंकी हमला : लस्कर-ए-तोयबाका तीन आतङ्ककारीको नाम खुले

हिमालीसंचार संवाददाता
२०१ पटक

काठमाडौं, वैशाख १० – भारतको जम्मु कश्मीरस्थित पर्यटकीय क्षेत्र पहलगाममा वैशाख ९ गते भएको आतङ्कवादी हमलापछि भारतीय सुरक्षा एजेन्सीहरूले घटनामा संलग्न तीनजनाको पहिचान सार्वजनिक गरेका छन्।

सुरक्षा स्रोतका अनुसार, पहिचान गरिएका ती तीन आतङ्ककारी लस्कर-ए-तोयबासँग आबद्ध लडाकुहरू हुन्। उनीहरूका कोड नाम मुसा, युनुस र आसिफ रहेको बताइएको छ भने वास्तविक नामहरू क्रमशः आसिफ शेख, सुलेमान शाह र अबु तलाह हुन्।

उक्त नरसंहारमा हालसम्म २८ जनाको ज्यान गएको पुष्टि भएको छ, जसमा अधिकांश पर्यटकहरू परेका छन्। आतंककारीहरूले एके–४७ राइफल प्रयोग गरी पर्यटकहरूको नाम सोध्दै हिन्दू पहिचान भएका व्यक्तिहरूमाथि लक्षित गोली प्रहार गरेको बताइएको छ।

यो दर्दनाक घटनामा एक नेपाली नागरिक सुदीप न्यौपानेको पनि ज्यान गएको पुष्टि भएपछि नेपालमा समेत शोकको लहर फैलिएको छ।

सुरक्षा निकायहरूले बाँकी अन्य दुई संलग्नको पहिचान गर्ने प्रयास जारी राखेको जनाएका छन्। आतङ्कवादीहरूको स्केच सार्वजनिक भइसकेको छ र खोजी तथा नियन्त्रण अभियान तीव्र पारिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...