News Portal

पहलगाम आतंकी हमला : लस्कर-ए-तोयबाका तीन आतङ्ककारीको नाम खुले

हिमालीसंचार संवाददाता
२६८ पटक

काठमाडौं, वैशाख १० – भारतको जम्मु कश्मीरस्थित पर्यटकीय क्षेत्र पहलगाममा वैशाख ९ गते भएको आतङ्कवादी हमलापछि भारतीय सुरक्षा एजेन्सीहरूले घटनामा संलग्न तीनजनाको पहिचान सार्वजनिक गरेका छन्।

सुरक्षा स्रोतका अनुसार, पहिचान गरिएका ती तीन आतङ्ककारी लस्कर-ए-तोयबासँग आबद्ध लडाकुहरू हुन्। उनीहरूका कोड नाम मुसा, युनुस र आसिफ रहेको बताइएको छ भने वास्तविक नामहरू क्रमशः आसिफ शेख, सुलेमान शाह र अबु तलाह हुन्।

उक्त नरसंहारमा हालसम्म २८ जनाको ज्यान गएको पुष्टि भएको छ, जसमा अधिकांश पर्यटकहरू परेका छन्। आतंककारीहरूले एके–४७ राइफल प्रयोग गरी पर्यटकहरूको नाम सोध्दै हिन्दू पहिचान भएका व्यक्तिहरूमाथि लक्षित गोली प्रहार गरेको बताइएको छ।

यो दर्दनाक घटनामा एक नेपाली नागरिक सुदीप न्यौपानेको पनि ज्यान गएको पुष्टि भएपछि नेपालमा समेत शोकको लहर फैलिएको छ।

सुरक्षा निकायहरूले बाँकी अन्य दुई संलग्नको पहिचान गर्ने प्रयास जारी राखेको जनाएका छन्। आतङ्कवादीहरूको स्केच सार्वजनिक भइसकेको छ र खोजी तथा नियन्त्रण अभियान तीव्र पारिएको छ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...