News Portal

धरान ११ मा विकासको विवाद: नगरप्रमुख साम्पाङसहित तीन जनाविरुद्ध उजुरी

संगीता गुरुङ
३३६ पटक

धरान, वैशाख १० – धरान उपमहानगरपालिका–११ मा बाटो र ढल निर्माणको विषयलाई लिएर चर्किएको विवादले नयाँ मोड लिएको छ। नगरकोट टोल विकास संस्थाका अध्यक्ष सन्तोष लिम्बूले नगरप्रमुख हर्क साम्पाङसहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेका छन्।

लिम्बूको भनाइअनुसार, प्रदेश सरकारले विनियोजन गरेको २० लाख रुपैयाँको सडक स्तरोन्नति योजनामा विभेद गरिएको भन्दै स्थानीयबासी आक्रोशित थिए। उनीहरूका अनुसार, सो बजेटको काम मास्तिरको क्षेत्रमा मात्रै सुरु गरिएको छ, जसले विवादको रुप लिएको हो।

विवाद समाधानका लागि सोमबार आउने बताएका साम्पाङ मङ्गलबार मात्रै निर्माण स्थल पुगे। तर सुलहको प्रयास गर्नुको सट्टा उल्टै अवस्था झनै तनावपूर्ण बनाएको लिम्बूको आरोप छ। घटनास्थलमै नगरप्रमुख साम्पाङ र वडाध्यक्ष लोकेन्द्र फागोको उपस्थितिमा चङ्खे भनेर चिनिने जोन लिम्बूले अभद्र व्यवहार गर्दै हातपात प्रयास गरेका थिए।

“मेयर सामुन्ने नै मलाई अपमानित गर्ने प्रयास भयो,” लिम्बूले भने, “मेरो हैसियतमाथि प्रश्न उठाइयो, र त्यसपछि उनका समर्थक आक्रोशित बने।”

लिम्बूले इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिँदै साम्पाङ, वडाध्यक्ष फागो र जोन लिम्बूमाथि कानुनी कारबाहीको माग गरेका छन्। उनले आफू माओवादी केन्द्रसँग आबद्ध कार्यकर्ता भएको र बजेट ल्याउन पहल गरेको व्यक्ति भएको जनाउँदै भने, “विकासको नाममा हुने विभेद हामी स्वीकार गर्दैनौं।”

धरान–११ मा निर्माणाधीन ढल प्रणाली कोशी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको आयोजना हो, जसलाई ठेक्का मार्फत निर्माण गरिँदैछ। हाल यस विषयमा प्रहरी अनुसन्धान अघि बढाइएको छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...