News Portal

यूगान्तकारी परिवर्तनको सन्देश

कमला थापा
६७१ पटक
२०८२ वैशाख २ गते

पुरानो बर्षलाई बिदाई गर्दै नयाँ वर्ष २०८२ को स्वागतमा नयाँ आशा, भरोसाको उमंगलले सबैको मनलाई एकाग्र र प्रसन्न बनाएको छ। नेपाली मनले यस्तो आशा गरेको पनि धेरै बर्ष बित्यो। एकपछि अर्को आउने बिपदहरुको सामना गर्दा गर्दै नेपाली मनहरु कुडिदै बिचलित अबस्थामा बाच्नु परेको पिडाहरु धेरै भए तर ति पिडाहरुलाई पोख्ने, ठाउँ, सुनिदिने न तन्त्र भेटियो, नत मन्त्र ! यो तन्त्र भएन उ तन्त्र, उ तन्त्र भएन भन्दै अफ्नो स्वार्थ सिद्ध गर्न आएका आफुलाई कुशल राजनीतिज्ञ ठान्ने मण्डलीहरुले राष्ट्रबादकै अप ब्याख्या गरिदिए।

“देशका यूवा शक्ति, श्रम, सिप पलाएनको अबस्थाले रित्तिएको गांउघर, ओरालो लागेको अर्थतन्त्र माफिया, तस्कर, भू-माफिया देखि आफ्नै नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउदै बेचेका कारण बढ्दै गएको निरासा, आक्रोशले भरिएका नेपाली मनहरु सारै पिडादायीक थिए।”

महाराजधिराज ज्ञानेन्द्र शाहबाट बक्स भएको नयाँ बर्ष २०८२ सालको उपलक्ष्यको शुभकामना सन्देशले जनतामा उमंग भर्ने आशा गर्न सकिन्छ। बिगत ३ बर्षदेखि देश दर्शनमा निस्किएका राजा देशवासीले भोग्नु परेको पिडा प्रति साक्षात्कार हुदै “रोड म्याप” सहित दिनु भएको शुभकामना सन्देशले जनताको भरोसा जागृत भएको देखिन्छ। हुनेखानेलाई मात्र आएको गणतन्त्रले हुदां खानेको अबस्था बदल्न‌ सकेन। देशका यूवा शक्ति, श्रम, सिप पलाएनको अबस्थाले रित्तिएको गांउघर, ओरालो लागेको अर्थतन्त्र माफिया, तस्कर, भू-माफिया देखि आफ्नै नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउदै बेचेका कारण बढ्दै गएको निरासा, आक्रोशले भरिएका नेपाली मनहरु सारै पिडादायीक थिए।

लोकतन्त्रमा निषेधको राजनिती हुनु। जनताको मौलिक अधिकार, वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउनु‌, शान्तिपूर्ण आन्दोलनमाथि सरकारी दमन, भिजिलान्ते प्रयोग गरी जनतामाथि आक्रमण गरिनु, सत्ता शक्ति र सरकारी ढुकुटी खर्च गरेर सरकारले नै प्रतिकात्मक आन्दोलन गर्न लगाईनुलाई कसरी लोकतन्त्र भन्न सकिन्छ ? लोकतन्त्रको नाउमा निरंकुश शासनको पराकाष्ठा यो भन्दा बढि के हुन सक्छ ?

“नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा बाद हूदैन” बास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ। जहाँ जनगुनासो सुन्ने, बुज्ने र कार्यान्वयन गर्ने क्षमता सरकार र नेतामा हुन्छ। अहिलेका राज्य संन्चालक, राजनैतिक दलहरुमा जनताले त्यस्तो पाउन सकेनन्। शान्तिपूर्ण आन्दोलनबाट अताल्लिएको सरकार जनतालाई कित्ताकाट गर्दै राजालाई तथानाम गाली गर्न उत्रिएका छन्। गालिगर्ने प्रतिस्पर्दा चलेको छ। २० बर्षदेखि आफ्ना कार्यकर्तालाई नेताले दिएको प्रशिक्षण यहि हो। घुस खानु, भ्रष्टाचार, लुटतन्त्रको साम्राज्य चलाउन र देश रित्याउन त्यो भन्दा अर्को धन्दा सिकाईएनन्। त्यसैले लुटतन्त्रको अन्त्य अपरिहार्य छ।”

राजाको सन्देशले प्रजातन्त्रको रक्षा गर्दै सम्वैधानिक राजतन्त्र बहुदलीय प्रजातन्त्र प्रति प्रतिबद्धता ब्यक्त गरिबक्सेको देखिन्छ। “पृथ्वी पथ” नै राजनितिको मूल धार हुनुपर्नेमा जोडदिनु त्यस्को महत्वलाई बुझ्न जरुरि छ”। पृथ्वीपथ भित्र भू-राजनितिको प्रभावदेखि आर्थिक, सामाजिक, राजनैतिक र सनातनी धर्मको सामाधानका पक्ष समेटिएका छन्। “यूवाहरुलाई स्वदेशमै फर्क स्वदेशमै स्वर्ग” भन्ने जस्तो स्लोगनले जनतालाई मरुभूमिमा पानी मिलेको जस्तो आभाष मिलेको छ। यसैका लागि राजनेता विपी कोइरालाको राजनितिक प्रयत्न रह्यो।

मौसुफ सरकारको शुभकामना सन्देशमा उल्लेख भएका केही महत्त्वपूर्ण बूदांहरु थोरै उल्लेख गर्न चाहें। “नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा बाद हूदैन” बास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ। जहाँ जनगुनासो सुन्ने, बुज्ने र कार्यान्वयन गर्ने क्षमता सरकार र नेतामा हुन्छ। अहिलेका राज्य संन्चालक, राजनैतिक दलहरुमा जनताले त्यस्तो पाउन सकेनन्। शान्तिपूर्ण आन्दोलनबाट अताल्लिएको सरकार जनतालाई कित्ताकाट गर्दै राजालाई तथानाम गाली गर्न उत्रिएका छन्। गालिगर्ने प्रतिस्पर्दा चलेको छ। २० बर्षदेखि आफ्ना कार्यकर्तालाई नेताले दिएको प्रशिक्षण यहि हो। घुस खानु, भ्रष्टाचार, लुटतन्त्रको साम्राज्य चलाउन र देश रित्याउन त्यो भन्दा अर्को धन्दा सिकाईएनन्। त्यसैले लुटतन्त्रको अन्त्य अपरिहार्य छ। २१ औं शताब्दीको लोकतन्त्रमा देखिएको हिटलरी शासनबाट जनताले मुक्ति पाउनुपर्छ। नयाँ बर्ष २०८२ ले जनतालाई शान्ति पूर्ण बाच्न पाउने नागरिक मौलिक हकको सुनिश्चितता गर्दै मुक्ति दिन सफल होस्। यहि शुभकामना छ। श्री पशुपतिनाथले सबैको रक्षा गरुन। जय नेपाल।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...