News Portal

भेरी नदीमा खसेकी किशोरीको सशस्त्रले गर्‍यो सकुशल उद्धार

हिमालीसंचार संवाददाता
९२९ पटक

सुर्खेत। पुलबाट भेरी नदीमा खसेकी गुर्भाकोट नगरपालिका–१३ की १६ वर्षीया सम्झना बुढालाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ।

परम्परागत रुपमा गुर्भाकोट नगरपालिका–८ मेहलकुनामा लाग्दै आएको सुभाघाट मेलाबाट फर्कने क्रम्मा भेरी नदीमाथि रहेको पुलबाट बुढा खसेकी थिइन्।

बुधबार बेलुकी साढे ६ बजे नदीमा खसेकी बुढालाई सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन वेश चिप्लेबाट खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक थिरबहादुर परियारको नेतृत्वमा खटिएको टिमले २ मिनेटमै सकुशल उद्धार गरेको मेला सुरक्षामा खटिएका सशस्त्र प्रहरी निरीक्षक जीवनकुमार मल्लले जानकारी दिए।

हाल मेहलकुनास्थित अस्पतालमा उपचारी जारी रहेकी बुढाको स्वास्थ्य अवस्था सुधार हुँदै गएको मल्लले जानकारी दिए।

सशस्त्र प्रहरीले पुल नजिकै भेरी नदीको किनारमा क्याम्प बनाएर मेलामा आउने स्थानीयबासीलाई सुरक्षा दिइरहेको छ। भेरी नदीको किनारमा चिसो भए पनि सुरक्षालाई ध्यान दिँदै क्याम्प नै राखेर बसेको मल्लले बताए।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...