News Portal

ताप्लेजुङमा गाडीमा आगलागी हुँदा ४ जनाको ज्यान गयो, दुई जना घाइते

संगीता गुरुङ
६०२ पटक

ताप्लेजुङ, वैशाख ८ — ताप्लेजुङस्थित पाथिभरा मन्दिर जाँदै गरेको एक यात्रुबाहक गाडीमा विद्युतको तार खस्दा आगलागी भई ४ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

घटना फुङलिङ नगरपालिका–१० स्थित गुन्द्रे र तेर्सेको छेउको सडकखण्डमा भएको हो। मे १ ज ३०११ नम्बरको गाडीमा अचानक विद्युतको तार खस्दा आगो लागेको थियो। प्रहरीका अनुसार घटनास्थलमै ४ जनाको ज्यान गएको पुष्टि भएको छ।

मृत्यु हुनेमा गाडी चालक फुङलिङ नगरपालिका–१० का दुर्गा भट्टराई, ललितपुरकी १६ वर्षीया आध्या आचार्य, झापाकी ६९ वर्षीया सरिता पौडेल र ७० वर्षीय विनोद पौडेल रहेका छन्।

उक्त गाडीमा जम्मा ६ जना सवार थिए। घाइते हुनेमा ललितपुरकी ४५ वर्षीया सविना आचार्य र उनका छोरा अभियम आचार्य रहेका छन्। उनीहरूलाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ।

प्राप्त जानकारी अनुसार मृतक आध्या आचार्य घाइते सविना आचार्यकी छोरी हुन् भने सरिता र विनोद पौडेल सविनाका बुबा–आमा हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...