News Portal

युवा स्वयंसेवक सन्दिप रिजाल सम्मानित

समिर कुमार अधिकारी (द्रुपद)
४७५ पटक

काठमाडौं, चैत्र ३१ – नेपाल रेडक्रस सोसाइटी, धादिङ जिल्ला शाखाको ३८औं वार्षिक साधारण सभाको अवसरमा नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, नीलकण्ठ नपा–३, धादिङका उपाध्यक्ष सन्दिप रिजाललाई आज सम्पन्न उक्त सभामा असल तथा जेहेन्दार विद्यार्थीका साथै सर्कलमा सक्रिय भई कार्यरत रहँदा पुर्‍याएको योगदानका लागि “स्व. पूर्ण प्रसाद स्वयंसेवक पुरस्कार” प्रदान गरिएको छ।

उक्त पुरस्कार अन्तर्गत उहाँलाई नगद रु. ४,०००।– (अक्षरूपी चार हजार मात्र) र प्रशंसा पत्र प्रदान गरियो।

कार्यक्रम बागमती प्रदेश सभा सदस्य माननीय गोविन्द लम्सालको प्रमुख आतिथ्यतामा धादिङबेसीमा सम्पन्न भएको हो।

सम्मानित सन्दिप रिजाल युवा रेडक्रस सर्कल अन्तर्गत रही विभिन्न सामाजिक सेवामूलक कार्यक्रमहरूमा सक्रिय सहभागी रहँदै आएका छन्।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...