News Portal

उच्चस्तरीय समितिको वेबसाइटबाट सदस्य बन्न एनआरएनए बेल्जियमको आह्वान

७ अप्रिल भित्रै सदस्यता नवीकरण गर्न दाहालको अपिल !

हिमालीसंचार संवाददाता
४९५ पटक

बेल्जियम। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् बेल्जियमले एनआरएनए  उच्चस्तरीय समितिको वेबसाइट (nrnahlc.com/membership-registration-form) बाट सदस्य बन्न आह्वान गरेको छ।

संघकी अध्यक्ष सीता सापकोटाले एनसीसी बेल्जियमले  उच्चस्तरीय समितिको वेबसाइटबाट सदस्य बन्न बेल्जियम निवासी सबै एनआरएनहरूलाई आह्वान गर्ने जानकारी दिइन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत एक अपिल गर्दै अध्यक्ष सापकोटाले अप्रिल ७ तारिख, २०२५ भित्र सदस्यता लिएर डेलिगेट्स बन्न आवेदन पनि दिन आह्वान गरिन्।

गत मार्च १६, २०२५ मा बसेको एनआरएनए एनसिसी बेल्जियमको पूर्ण बैठकले एनआरएनएको एकता महाधिवेशन प्रयोजनका लागि सर्वोच्च अदालतको  परमादेश तथा परराष्ट्र मन्त्रालयको पछिल्लो पत्रलाई आत्मसात् गर्दै आफ्नै व्यवस्थापनमा सदस्यता वितरण गर्ने निर्णय लिइएको तर तत्कालका लागि उच्चस्तरीय समितिको वेबसाइटमार्फत सदस्यता लिन आह्वान गरिएको सापकोटाले जनाइन्।

‘हामी सर्वोच्च अदालतको परमादेश, उच्चस्तरीय समितिको म्यान्डेट र परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार अघि बढ्नेछौँ,’ उनले भनिन्। संघले निर्धारित मितिभित्रै सदस्यता प्रक्रियामा सहभागी हुन अनुरोध पनि गरेको छ।

७ अप्रिल भित्रै सदस्यता नवीकरण गर्न दाहालको अपिल

यसैबिच बेल्जियम निवासी एनआरएनए अभियन्ता लोक दाहालले एनआरएनएको एमआइएस प्रणालीअनुसार  हालको एनसिसी सदस्यताको म्याद ३० मार्च २०२५ मा सकिएको देखाइएकाले सदस्यता अवधि समाप्त भएपछि संस्थाको निरन्तरता सुनिश्चित गर्न सबै पक्षहरूबिच समन्वय आवश्यक रहेको बताएका छन्।

एनआरएनए आइसिसीका पूर्व सह-कोषाध्यक्ष समेत रहेका दाहालले सर्वोच्च अदालतबाट जारी परमादेशलाई मध्यनजर गर्दै एनआरएनए उच्चस्तरीय समितिसँग सहकार्य र समन्वय गरी एकता महाधिवेशनलाई सकारात्मक रूपमा अघि बढाउन अपिल पनि गरेका छन्।

“उच्चस्तरीय समितिको पोर्टलमार्फत ७ अप्रिल २०२५ भित्र सदस्यता नवीकरणको अवसर प्रदान गरिएको छ। संस्थाको स्थायित्व र समुन्नतिका लागि सबै एनआरएन साथीहरूले समयमै सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछु।

साथै, सम्मानित सर्वोच्च अदालतलाई नै चुनौती दिने गरी सामाजिक सञ्जालमा विभिन्न भ्रामक सूचना फैलाइएको देखिएकाले, कुनै पनि भ्रममा नपर्नुहुन विनम्र अनुरोध गर्दछु,” दाहालले भनेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...