News Portal

  • संतुलित कुटनैतिक संम्बन्ध आजको आबश्यकता

    कमला थापा
    ३९२ पटक
    २०८२ वैशाख १० गते

    अस्थिर राजनीतिले निम्त्याएको संकटमा देश दिनप्रतिदिन खस्किदो अबस्थामा पुग्यो। जनगुनासो सुन्ने नैतिक जिम्मेवारी, जन-उत्तरदायी नभएको सरकार देशमा अनिष्ट निम्त्याउदै छ। नेपालमा भ्रष्टाचार, संस्कृति र संस्कारको रुपमा विकशित भयो। भ्रष्टाचारले अन्तर्राष्ट्रिय जगतमा ख्याति प्राप्त गरेका नेताहरूबाट कुटनैतिक मर्यादाको बारम्वार उलंघन हुनपुग्यो। राज्य संन्चालनको लागि देशको अर्थतन्त्र बलियो हुनुपर्छ भने, सुदृढ राजनितिको लागि मर्यादित र सन्तुलित कुटनैतिक सम्बन्ध हुनु आवश्यक हुन्छ। आज हामिसंग यो दुवै कुरा संकटग्रस्त अबस्थामा पुगेको छ। त्यसैले नयाँ बर्ष ०८२ सालको उपलक्षमा राजा ज्ञानेन्द्र शाहबाट बक्स भएको “पृथ्वी पथको” निति आवश्यकता भएको कुरा दर्शाही बक्सेको हो भन्ने लाग्छ।

    “देशलाई बाह्य हस्तक्षेप, आक्रमणबाट जोगाउन सफल हुन्छ। त्यो केवल एकता र सद्भावमा मात्र सम्भव छ। निषेधको राजनितिले हामिलाई कहिं पनि पुर्याउदैन। त्यसैले बृहत अर्थ राख्ने “पृथ्वी पथ” मा जोड दिएको हुनुपर्छ भन्ने लाग्छ। देश सुरक्षित राख्नको लागि यसलाई गहिरो चिन्तन मनन्, गर्नु देश र जनताको हितमा छ भन्ने देखिन्छ। “पृथ्वी पथ” आज २१ औं सताब्दीमा पनि त्यत्तिकै सान्दर्भिक र महत्वपुर्ण छ। जति कष्टले राष्ट्र नायक पृथ्वीनारायण शाहले यो देशको निर्माण गरेका थिए। त्यो जिम्मेवारी आज पनि शाह वंशमा छ। राजा ज्ञानेन्द्र शाह सिंहासनबिहिन भएर पनि आफ्नै देशमै रहनुले पनि आज देश सुरक्षित छ।”

    “पृथ्वी पथ” के हो ? जस्ले नेपाली जनताको आस्था, विश्वास, एकता, धर्म, संस्कृति बैदिक सनातनी हिन्दु अधिराज्य नेपालको परिपक्व कल्पना गरेको छ। जनसरोकार तथा जनभावना अनुसार चल्ने राजनिति, आत्मनिर्भर हुने आर्थिक ब्यबस्था, तथा सामाजिक सदभावपूर्ण संबैधानिक राजसंस्था जस्ले राष्ट्र, राष्टियता र जनतालाई एकताको सूत्रमा आबद्ध गर्दै देशमा शान्ती सुब्यवस्था स्थापना गर्न‌सक्छ। देशलाई बाह्य हस्तक्षेप, आक्रमणबाट जोगाउन सफल हुन्छ। त्यो केवल एकता र सद्भावमा मात्र सम्भव छ। निषेधको राजनितिले हामिलाई कहिं पनि पुर्याउदैन। त्यसैले बृहत अर्थ राख्ने “पृथ्वी पथ” मा जोड दिएको हुनुपर्छ भन्ने लाग्छ। देश सुरक्षित राख्नको लागि यसलाई गहिरो चिन्तन मनन्, गर्नु देश र जनताको हितमा छ भन्ने देखिन्छ। “पृथ्वी पथ” आज २१ औं सताब्दीमा पनि त्यत्तिकै सान्दर्भिक र महत्वपुर्ण छ। जति कष्टले राष्ट्र नायक पृथ्वीनारायण शाहले यो देशको निर्माण गरेका थिए। त्यो जिम्मेवारी आज पनि शाह वंशमा छ। राजा ज्ञानेन्द्र शाह सिंहासनबिहिन भएर पनि आफ्नै देशमै रहनुले पनि आज देश सुरक्षित छ। अन्यथा राजनैतिक दलहरुको गैरजिम्मेवारपनले के गरिसक्ने थिए त्यो दलहरुकै कृयाकलापले स्पष्ट पारिसकेको छ। राजा ज्ञानेन्द्र शाहले आफ्नो मूलुक नछोड्नुको मुख्य भूमिका यही हो भन्दा अत्युक्ति नहोला।

    “५ पटक प्रधानमन्त्री भैसकेका ब्यक्तिबाट कुटनैतिक जस्तो जटिल बिषयमा हल्का ढंगबाट झुट बोल्नु, यूपीका मुख्यमन्त्रि योगी आदित्य नाथले भारतका लागि नेपालका राजदूत शंकर शर्माजीसंग नेपालमा राजसंस्था फर्काउनका लागि भारतले सहयोग गर्दैन रे ! भनेर बहुत खुसी प्रकट गर्नु भयको थियो। त्यस्को दुई दिन नबित्दै होईन रहेछ मलाई झुट्टा समाचार दिइएको रहेछ भनेर आफुलाई सच्याउनु हो त्यो कति लज्जास्पद कुरा हो।”

    नेपाली जनताको स्वाभिमानमा खेलवाड गर्दै जनताको शीर निहुराउने काम यहि गणतन्त्रका शासकहरुबाट बारम्वार हुदै गयो। बैदेशिक राजनैतिक सम्बन्धको मेरुदण्ड भनेको सन्तुलित कुटनैतिक सम्बन्ध नै हो। तर त्यसैको धज्जी उडाउने काम हाम्रो परराष्ट्रमन्त्रीबाट बारम्बार हुन पुग्यो। भर्खरै मात्र पनि ५ पटक प्रधानमन्त्री भैसकेका ब्यक्तिबाट कुटनैतिक जस्तो जटिल बिषयमा हल्का ढंगबाट झुट बोल्नु, यूपीका मुख्यमन्त्रि योगी आदित्य नाथले भारतका लागि नेपालका राजदूत शंकर शर्माजीसंग नेपालमा राजसंस्था फर्काउनका लागि भारतले सहयोग गर्दैन रे ! भनेर बहुत खुसी प्रकट गर्नु भयको थियो। त्यस्को दुई दिन नबित्दै होईन रहेछ मलाई झुट्टा समाचार दिइएको रहेछ भनेर आफुलाई सच्याउनु हो त्यो कति लज्जास्पद कुरा हो। यति बेसरम राजनिति कहिं हुन्छ ?

    ब्यबस्थाले जनताको अबस्था बदल्न नसकेको, गणतन्त्र पूर्ण रुपमा असफल भैसकेको छ। ठूला दल भनिने प्रमुख तिन दलका नेता र केहि साना दल गरेर प्रमुख ५ नेताहरु यो देशको अभिश्राप पूर्ण ठहर भैसकेका छन्। सत्ता र शक्तिको आडमा जनतामाथि दमन गर्नु उनिहरुको “शान” भएको छ। प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसको बारम्वार अपमान गरिरहदा पनि नेपाली कांग्रेसका सभापतिलाई सत्ता, शक्ति र भ्रष्टाचारको रकमले होस आएको छैन।

    “कांग्रेसलाई होस छैन। आफ्नो ऐतिहासिक सिद्वान्त, मुल्य र मान्यतालाई तिलान्जली दिंदै आएको कांग्रेस मौन अबस्थामा “भुत्ते खुकुरी” सरह भएको छ। भ्रष्टाचारमा चुर्लुम्म डुबेका नेताहरुलाई के लाज के सरम ? छिमेकीहरुको निमत्रणामा सहपरिवार थाईल्याण्ड पुगेका देउवालाई के मन्त्रणा दिएर पठाउने हुन् हेर्न बाँकी छ। अरु सबै कुरा नेपाली जनताले तय गर्ने छन्।”

    प्रधानमन्त्री केपि शर्मा ओलिजि भन्दै हुनुहुन्छ। “मेरो राजिनामा माग्नेहरु कान‌ खोलेर सुन, मेरो राजिनामा १५ महिना पछी आउंछ त्यसपछी शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ त्यतिबेलासम्म पर्ख, पर्ख जनतालाई धम्काउँदै छन्”। के कांग्रेसलाई उनले दयामा दिने हो ? त्यो सम्झौता अनुसार होला, तर भरोसा छैन। यसबाट कांग्रेसको मान भयो की अपमान ? कांग्रेसलाई होस छैन। आफ्नो ऐतिहासिक सिद्वान्त, मुल्य र मान्यतालाई तिलान्जली दिंदै आएको कांग्रेस मौन अबस्थामा “भुत्ते खुकुरी” सरह भएको छ। भ्रष्टाचारमा चुर्लुम्म डुबेका नेताहरुलाई के लाज के सरम ? छिमेकीहरुको निमत्रणामा सहपरिवार थाईल्याण्ड पुगेका देउवालाई के मन्त्रणा दिएर पठाउने हुन् हेर्न बाँकी छ। अरु सबै कुरा नेपाली जनताले तय गर्ने छन्। उठान भैसकेका कुरा कुनै भ्रष्ट सरकारको दमनले रोक्न सक्दैन। जे गर्छन् नेपाली जनताले नै निर्णय गर्नेछन्। समयले कसैलाई पर्खदैन।

    “बिचौलियाबाट संन्चालित सरकार दलहरुसंग यो भन्दा बढि आशा गर्ने कुनै ठाउ छैन। कर्मचारीहरु पनि आन्दोलनमा उत्रिने कुरा सुनिदै छ। कुनै पनि देश बिगार्नु छ भने त्यो देशको शैक्षिक क्षेत्रमाथि प्रहार गरिन्छ। जस्ले विध्वंस निम्ताउन कुनै लामो दुरिको मिसाइल प्रयोग गर्नु पर्दैन। त्यो देशको शिक्षा ध्वस्त गरे पुग्छ। जुन कुरा दक्षिण अफ्रिकाका मानवताबादी नेता नेल्सन मण्डेलाले आफ्नो विश्वविद्यालयको बाहिर ढोकामै लेखेर राखिदिएका छन्।”

    जनता आन्दोलित भएको धेरै भयो। सरकार राजनैतिक दलहरु जनताको गुनासो सुन्नु भन्दा जनतामाथि दमनकारी भूमिकामा अग्रसर छन्। दुध किसान, उखु किसान, मिटर ब्याज, सहकारी, बैंक पिडितहरु सडकमा उत्रिएको तिन बर्ष भयो। हरेक क्षेत्र आन्दोलन मै छन्। शिक्षक आन्दोलमा उत्रिएको पनि तिन हप्ता बितिसक्यो तर शिक्षकको माग पुरा हुने गुन्जायस छैन। बालबालिकाको भबिष्यमाथि यसरि खेलवाड गरिदै छ। सरकारी स्कूलहरुमा गुणस्तरको पढाई नभएको त धेरै काल भयो, सरकार सामुदायिक बिद्यालयलाई बिस्थापितको बाटो देखाउदै निजी बिध्यालयलाई प्रोत्साहन गर्दै छ। बिचौलियाबाट संन्चालित सरकार दलहरुसंग यो भन्दा बढि आशा गर्ने कुनै ठाउ छैन। कर्मचारीहरु पनि आन्दोलनमा उत्रिने कुरा सुनिदै छ। कुनै पनि देश बिगार्नु छ भने त्यो देशको शैक्षिक क्षेत्रमाथि प्रहार गरिन्छ। जस्ले विध्वंस निम्ताउन कुनै लामो दुरिको मिसाइल प्रयोग गर्नु पर्दैन। त्यो देशको शिक्षा ध्वस्त गरे पुग्छ। जुन कुरा दक्षिण अफ्रिकाका मानवताबादी नेता नेल्सन मण्डेलाले आफ्नो विश्वविद्यालयको बाहिर ढोकामै लेखेर राखिदिएका छन्। बाँकी सबैले मनन् गरुन, श्री पशुपतिनाथले सबैको रक्षा गरुन। जय नेपाल।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज,...

    भन्सार गेट नजिकै लागुऔषधसहित पाँच जना नियन्त्रणमा

    सुनसरी, असार २० — भारतबाट किनेर ल्याइँदै गरेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पाँच जना धरान...