News Portal

  • तमू समाज कुवेतले १० जनवरीमा तमू च्यु ल्होसार मनाउने

    हिमाली संचार संवाददाता
    १०१४ पटक

    कुवेत ६, २०१९ डिसेम्बर : तमू समाज कुवेतले तमू च्यु ल्होसार मनाउने भएको छ। १० जनवरी २०२० शुक्रबारको दिन कुवेतको हिजुल कबड एरियामा विविध खेलकुद र सांस्कृतिक प्रस्तुतिहरुको साथ मनाउने समाजका अध्यक्ष राजु गुरुङ तमूले हिमालीसंचारलाई जानकारी दिए।

    “प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु अर्थात शास्त्र हराए संस्कृति हराउछ, संस्कृति हराए परम्परा हराउछ र परम्परा पनि हराए मानबको अस्तित्व नै हराउछ” भन्ने मुल नारा बोकेको कुवेतमा सक्रिय संस्था हो तमू समाज कुवेत।

    तमू (च्यु)ल्हाेसार कार्यक्रमलाई थप मनोरञ्जनात्मक रौनकता र माहौललाई रंगीन र संगीतमय बनाउन समाजका ककलाकारहरुले बेजोड प्रस्तुति दिने तयारी गरिरहेको समाजको कलाकार उपप्रमुख रुप गुरुङले बताए।

    साथै उक्त दिन तमू (गुरुङ)को तमू जेष्ठ नागरिकद्वारा स्याई स्याई गर्ने भेषभुसा सहित, गुरुङ समुदायको लोपोन्मुख झोरा, मारुनी नृत्य, कौरा नृत्य, प्रस्तुति सहित कार्यक्रमलाई थप रोचक गर्न छेलो फाल्ने, डोरि तान्ने, हाडी फोर्ने, म्युजिकल चेयर्स प्रतियोगिता साथै जलपान तथा दिव्यभोजको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ।

    आफ्नो महान एवं मौलिक, साँस्कृतिक पर्व तमू च्यु ल्होसार यो पटक पनि भब्यसंग मनाउने उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै कुवेतबासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थितिका लागि संस्थाले अनुरोध गरेको छ।

    तपशिल:

    मिति : १० जनावरी २०२० शुक्रबार
    समय : बिहानको ११ बजे
    स्थान : हिजुल कबड एरिया(BLOCK No 2-STREET NO-14 HIJUL KABAD KUWAIT)
    कार्यक्रम : तमू(च्यु)ल्होसार
    आयोजक : तमू समाज कुवेत।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मोबाइलको लतमा फसेका युवालाई गलत तत्वले प्रयोग गरेको पोखरेलको दाबी

    काठमाडौं, १७ कात्तिक — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मोबाइलको अत्यधिक प्रयोगमा रमाउने...

    युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने युवक पक्राउ

    काठमाडौँ, कार्तिक १७ – वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...

    कैलालीमा दुई भारतीय नागरिक पक्राउ, २८ लाख रुपैयाँ बरामद

    कैलाली, कार्तिक १७ – स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई भारतीय नागरिक कैलालीमा पक्राउ परेका...

    आज २०८२ साल कार्तिक १७ गतेको राशिफल

    आज कार्तिक १७, २०८२ (नोभेम्बर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ‘पहिला देश’ अभियान अन्तर्गत माइतीघरमा प्रदर्शन र प्रहरी हस्तक्षेप

    काठमाडौं, कार्तिक १६ – डा. निकोलस भुसालले आह्वान गरेको प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ...