News Portal

पाँचौ जनसम्पर्क कप फुटबल प्रतियोगितामा हिमालय स्पोर्टलाई हराउँदै युनिटी स्पोर्टस बिजयी

हिमाली संचार संवाददाता
६४१ पटक

कोपनगेहन – पाँचौ जनसम्पर्क समिति फुटबल कपको उपाधि युनिटी स्पोर्ट्स क्लबले चुमेको छ। साबिक बिजेता युनिटीले हिमालय स्पोर्ट क्लबलाई फाइनलमा पराजित गर्दै उपाधि रक्षा गरेको हो ।

नेपाली जनसम्पर्क समिति डेनमार्कले हरेक बर्ष नेपाली भाषीहरुबीच आयोजना गर्दै आएको प्रतियोगितामा यस वर्ष पनि डेनमार्कमा रहेका भुटानी खेलाडीहरुले बिजय हासिल गरेका छन् । अघिल्लो वर्ष जस्तै यस पटकको च्याम्पियन पनि भुटानी खेलाडीहरुले भरिएको टिम युनिटी स्पोर्ट्स क्लब बन्यो ।

गत साता कोपनगेहनमा सम्पन्न प्रतियोगिताका सेमिफाइनल खेलहरु पनि निकै रोमाञ्चक थिए। राइनो नेपाल युथ क्लब र हिमालयन स्पोर्ट्स क्लबबीच खेल बीचको सेमिफाइनल खेल प्रतियोगिताकै रोमाञ्चक बन्न पुग्यो।

निर्धारित समयमा २-२ को बराबरी भएर अतिरिक्त समयमा पनि कुनै गोल भएन। अन्तत: पेनाल्टीमार्फत हिमालयन स्पोर्ट्सले राइनोलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो। यसअघि एफसी युनिटीले एफसी गुरुङ समाजलाई पराजित गर्दै फाईनल यात्रा तय गरेको थियो।

राइनो नेपाल युथ क्लबले एफसी गुरुङ समाजलाई पराजित गर्दै तेस्रो स्थान सुरक्षित गर्‍यो । विगतको उत्कृष्ट टिम मानिएको बेल्लाहोए क्लासिक यस वर्ष भने लिग चरणमै बाहिरिन पुग्यो तर राइनो नेपालले आफूलाई अब्बल साबित गर्न सफल रह्यो ।

सर्वाधिक गोलकर्तासहित उत्कृष्ट खेलाडी पनि राइनोका जिन्दगी राइ नै बने। उनले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै ९ गोल गरे। जनसम्पर्क कपको इतिहासमै सर्बाधिक गोल गर्ने खेलाडीको रेकर्ड पनि राइले नै दर्जा गरेका छन्।

डेनमार्कका लागि नेपाली राजदूत यूव नाथ लम्सालले प्रतियोगिताको उद्घाटन गर्दै नेपालीनेपाली बीच आपसी भाइचाराको अभिवृद्धि गर्न यस्ता प्रतियोगिताहरुबाट मद्धत पुग्ने धारणा राखे।

समितिका अध्यक्ष वीरेन्द्रसिंह कार्कीले जित हार आफ्नो ठाउँमा भए पनि खेलको माध्यमबाट प्रतिभा देखाउने एउटा प्लेटफर्म बनेको बताए ।

नेपाल ट्रेड युनियन कांग्रेसका निवर्तमान अध्यक्ष खिलानाथ दाहाल, नेपाल आदिवासी जनजाति महासंघ नेपालका निवर्तमान अध्यक्ष नागेन्द्रकुमार कुमाल तथा जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष कार्कीले संयुक्त रुपमा बिजेता टिमलाई पुरस्कार वितरण गरेका थिए ।

प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई मेडल शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको प्रतियोगितामा ८ टिमले भाग लिएका थिए ।

प्रतिकृया दिनुहोस्

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...