News Portal

बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

३९४ पटक

काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार, रोक १५ भदौसम्म लागु हुनेछ र साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म निजी तथा सार्वजनिक दुवै सवारीसाधनलाई राति चलाउन अनुमति दिइने छैन।

देशमा मनसुन सक्रिय रहेकाले वर्षा, बाढी र पहिरोको जोखिम सधैं रहिरहेकाले सुरक्षा दृष्टिले यो कदम चालिएको हो। यसअघि पनि स्थानीय प्रशासनले ७ असारदेखि राति ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधनमा रोक लगाउँदै आएको थियो।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...