News Portal

विष्णु माझीको ‘पुतलीको भट्टी’ शृङ्खला नेपाली लोकसंगीतमा अद्वितीय उपलब्धि

४०८ पटक

काठमाडौं, साउन ३० – लोकप्रिय गायिका विष्णु माझी नयाँ तीज गीत ‘म त नराउरी’ मार्फत फेरि चर्चाको केन्द्रमा छिन्। बुधबार सार्वजनिक भएको गीत शुक्रबार दिउँसोसम्म युट्युबमा करिब २५ लाख भ्युज पुगेको छ। यो गीत ‘पुतलीको भट्टी’ शृङ्खलाको २१ औं भाग हो।

नेपाली लोक संगीत क्षेत्रमा एउटै शीर्षकमा दुई दशकभन्दा लामो समयसम्म निरन्तर गीत प्रस्तुत गर्नु आफैंमा दुर्लभ कीर्तिमान मानिन्छ। विष्णु माझीले तीज गीत मार्फत यो उपलब्धि हासिल गरेकी छन्।

गत वर्ष सार्वजनिक भएको ‘पुतलीको भट्टी-२०’ को गीत ‘आइनँ आमा यो तीजमा’ युट्युबमा २ करोड ४५ लाख भ्युज पाएको थियो। श्रोताका अनुसार, शृङ्खलाको पहिलो भाग वि.सं. २०६१ मा सार्वजनिक भएको थियो र त्यसयता हरेक वर्ष नयाँ गीत आउने गरेको छ।

नेपाली लोकसंगीतमा अन्य कुनै पनि कलाकारले एउटै शीर्षकमा यति धेरै भागसम्म निरन्तर गीत सार्वजनिक गर्न सकेका छैनन्। विष्णु माझीका प्रशंसकहरूले हरेक नयाँ भागलाई तीज पर्वको आगमनको संकेतको रूपमा पनि लिने गरेका छन्।

सार्वजनिक जीवनबाट अलग रहे पनि, विष्णु माझी आफ्नो स्वरको माध्यमबाट निरन्तर चर्चा बटुल्दै आएकी छन्। शृङ्खलाका अधिकांश गीतमा उनका श्रीमान सुन्दरमणि अधिकारी ले शब्द र संगीत प्रदान गर्दै आएका छन्। ‘पुतलीको भट्टी’ शृङ्खला आफ्नै लगानीमा रहेको सपना म्युजिक इन्डष्ट्रिजको युट्युब च्यानलमार्फत सार्वजनिक हुँदै आएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...