News Portal

कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

२७१ पटक

काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९ नेपालीसहित २३ जनाले ज्यान गुमाएका छन्। यस घटनामा करिब १६० जना बिरामी परेका छन्, जसमा धेरैको अवस्था गम्भीर छ।

कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार, ३१ जना भेन्टिलेटरमा छन् भने ५१ जनाले आकस्मिक मिर्गौला डायलाइसिस गराएका छन्। त्यस्तै, २१ जनामा स्थायी दृष्टिदोष देखिएको छ। मन्त्रालयले सबै पीडितको स्वास्थ्य अवस्थामाथि २४ घण्टा निगरानी राख्दै उपचारका लागि आवश्यक सबै व्यवस्था मिलाइरहेको जनाएको छ।

कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार, पछिल्ला तीन दिनमा ९ नेपालीको मृत्यु भएको पुष्टि भएको छ भने ३० भन्दा बढी नेपाली विभिन्न अस्पतालमा उपचाररत छन्। “हामी कुवेतका सम्बन्धित निकायहरूसँग निरन्तर सम्पर्कमा छौं। विस्तृत विवरण संकलन भइरहेको छ र प्रक्रिया पूरा भएपछि मृतकहरूको शव नेपाल पठाइनेछ,” उनले बताए।

कानूनी रूपमा मदिरा बिक्रीमा कडा प्रतिबन्ध रहेको भए पनि लुकीछिपी बिक्री हुने मदिरा सेवन गर्दा ठूलो संख्यामा एसियाली नागरिक प्रभावित भएको दूतावासले जनाएको छ।

यसैबीच, भारतीय दूतावासका अनुसार करिब ४० जना भारतीय नागरिक अस्पताल भर्ना भएका छन्। केहीको अवस्था गम्भीर रहेको र केहीको मृत्यु भएको पुष्टि गर्दै दूतावासले पीडितहरूलाई सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...